१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्ने लोभमा जसले गुमाए १२ लाख रुपैयाँ



अ+ अ-

काठमाडौं । डलरको लोभमा काठमाडौंमा एक जनाले १२ लाख रुपैयाँ डुबाएका छन् । डोल्पा घर भई राजधानीको बौद्धमा बस्ने ४० वर्षीय छेवाङ तन्दुर गुरुङको १२ लाख रुपैयाँ ठगी भएको हो।

उनको साथमा १० हजार बढी डलर थियो। अपरिचित व्यक्तिहरूले ‘डलर साटिदिन्छु’ भनेर महालक्ष्मी नगरपालिका २ इमाडोलमा बोलाई उनीहरूले पैसा आकारको कागजको बिटो दिइ उनको साथमा रहेको उक्त नगद लिई फरार भए हुन् ।

उनी एकछिन अक्कनवक्क पर्दै आफू ठगिएको भन्दै उनले प्रहरीमा उजुरी गरे। प्रहरीले फरार व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।

घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।