१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा



अ+ अ-

बेझाड । रामपुर नगरपालिका–७ स्थित आधारभूत माध्यमिक विद्यालयले निःशुल्क रुपमा प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको छ ।अभिभावकलाई आर्थिक भार नपरोस् र प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीलाई सहज होस भनेर विद्यालयले शुल्क नलिइकन प्राबिधिक शिक्षा दिइरहेको छ । नेपाल सरकार शिक्षा विभागमार्फत यहाँ कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाअन्र्तगत पशुविज्ञान कक्षा सञ्चालन भइरहेको छ । विसं २०७४ देखि विद्यालयले पशुविज्ञान शिक्षा सञ्चालन गरेको हो ।

रामपुर नगरपालिकाको भौगोलिक भूगोल उपयुक्त भएको हँुदा कृषिलाई प्राथमिकता दिँदै पशुपालनलाई व्यवस्थित गर्न पशुविज्ञानको पठनपाठन सञ्चालन गरेको प्रधानाध्यापक रुपनाथ गौतमले बताउनुभयो ।

“पढेर जागिर नपाए पनि पशुपालन गरेर स्वावलम्बन बन्न सकिन्छ, खासगरी रामपुर पशुपालनका लागि सम्भावना बोकेको क्षेत्र हुँदा व्यवस्थित पशुपालनमा जोड पुग्नेछ”, प्रअ गौतमले भन्नुभयो ।

हाल यस विद्यालयमा प्राविधिक शिक्षाअन्र्तगत कक्षा ९ मा २३, कक्षा १० मा १८ र कक्षा ११ मा २० विद्यार्थी अध्ययनरत छन् ।

पशुविज्ञान शिक्षा पढ्ने सानैदेखिको रहर रहेको र गाउँमै यो विषय पढ्न पाउँदा सजिलो भएको कक्षा ११ का छात्र उमेशराज उपाध्यायले बताउनुभयो । यो विषय पढेर ठूलाठूला पशुपालन व्यवसाय सञ्चालन गर्ने उहाँको सोच छ ।

सोही कक्षामा अध्ययनरत छात्रा प्रतिक्षा सुनारले घरमै बसेर गाउँको विद्यालयमा निःशुल्क प्राविधिक शिक्षा पाउनु विद्यार्थीका लागि ठूलो अवसर भएको बताउनुभयो ।

“प्राविधिक शिक्षा पढ्नकै लागि बुटवल, पोखरा, काठमाडौँ जानुपथ्र्यो, घरमा आर्थिक अवस्था नाजुक हुँदा धेरैले पढ्ने रहर हुँदा हुँदै पनि बीचमै पढाई छाड्नुपर्ने समस्या हटेको छ”, उहाँले भन्नुभयो । विसं २०४५ मा स्थापना भएको यस विद्यालयमा हाल ४५१ विद्यार्थी अध्ययनरत छन् ।

यहाँ कक्षा नर्सरी देखि ७ सम्म अङ्ग्रेजी माध्यम र कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाअन्र्तगत पशुविज्ञान कक्षा सञ्चालन भइरहेको छ । पशुविज्ञान शिक्षातर्फ पाल्पाको रामपुर नगरपालिका, माथागढी गाउँपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, स्याङ्जाको वालिङ नगरपालिकालगायतका विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले प्रयोगात्मक शिक्षणका लागि ३० रोपनी जग्गा भाडामा लिएको छ । यहाँ भैँसी, बाख्रा, गाईफार्म, च्याउखेती लगायतका फार्म सञ्चालनको तयारी गरिएको छ । आफ्नै फार्म व्यवस्थापन नहुँदासम्म स्थानीयस्तरमा सञ्चालित व्यावसायिक फार्ममा विद्यार्थीलाई प्रयोगात्मक शिक्षण गराउँदै आएको विद्यालयले जनाएको छ । चार वटा अनिवार्य र छ वटा पशुविज्ञानअन्र्तगतका पढाइ हुने गरेको छ ।

यो शिक्षा सञ्चालनका लागि सात दरबन्दी प्राप्त भएको छ । कक्षा ९ देखि १२ सम्मका लागि नेपाल सरकारले नौ वटासम्म दरबन्दी उपलब्ध गराउने विद्यालयले जनाएको छ । यहाँ प्राविधिक शिक्षा सञ्चालनका लागि विद्यालयले विसं २०७५ मा श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरेको थियो । महायज्ञमा उठेको आर्थिक रकमबाट प्राविधिक शिक्षा शुरु गरेको हो । यो शिक्षा अध्ययनका लागि एउटा कक्षामा न्यूनतम २० र बढीमा ४८ विद्यार्थी हुुनुपर्नेछ ।