१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडिबीको सहयोगमा नगरपालिकाको भवनको शिलान्यास



अ+ अ-

कञ्चनपुर । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा निर्माण हुने शुक्लाफाँटा नगरपालिकाको कार्यालय भवनको आज शिलान्यास गरिएको छ ।

नगरपालिकाको निर्माण हुने भवनको सांसद नरबहादुर धामी र नगरप्रमुख दिलबहादुर ऐरले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । रु १३ करोड ८४ लाख ५९ हजार ६९९ लागत अनुमान गरिएको नगरपालिका भवन रु नौ करोड ९१ लाखमा शर्मा एन्ड कम्पनी प्राइभेट लिमिटेड सीतापाइला, काठामाडौँले निर्माणको जिम्मा लिएको छ ।

आधुनिक सुविधासम्पन्न भूकम्प प्रतिरोधी दुईतले भवनमा सानाठूला गरी ३६ कोठा निर्माण हुनेछन् । कार्यालय भवन निर्माणको कार्य दुई वर्षमा पूरा गर्ने लक्ष्य दिइएको छ । सांसद धामीले नगरपालिकालाई आधुनिक र विकसित शहरका रुपमा विकास गरिने बताउनुभयो । नगरपालिका शैक्षिक हव बन्दै जान थालेको चर्चा गर्दै उहाँले प्राविधिक शिक्षा पढ्न टाढा जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । प्राविधिक शिक्षाको नगरका रुपमा नगरपालिकालाई चिनाउनका लागि कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।

नगरप्रमुख ऐरले नयाँ भवन बन्न थालेपछि पूर्वाधार विकासमा नगरपालिका आत्मनिर्भर भएको बताउनुभयो । “नगर गौरवको योजनाअन्तर्गत भवन निर्माणलाई पनि राखेका थियौँ, जसको आजबाट निर्माणको शुरुबात गरिएको छ”, उहाँले भन्नुभयो । एशियाली विकास बैंकले ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना, आयोजना कार्यान्वयन इकाइ कैलाली, धनगढीका आयोजना उपव्यवस्थापक श्यामचन्द्र बुढाथोकीले आयोजनाको प्रगतिका बारे कार्यक्रममा जानकारी दिनुभएको थियो ।