२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी टिमसंग मनाङ मस्र्याङ्दी क्लब पराजित



अ+ अ-

काठमाडौं । नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब जापानको चौथो श्रेणीको लिगका खेलाडी सम्मिलित यू–२२ टोलीसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा जापानी टोलीले ३–० को जित दर्ता गरेको हो । खेलको २८ औँ मिनेटमा जापानी टोलीले जिन सोइयाको गोलमा अग्रता बनाएको थियो ।

जिनले नै ३४ औँ मिनेटमा गोल गर्दै जापानी टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलले पछाडी परेको मनाङले दोस्रो हाफमा पुनरागमन गर्न सकेन । खेलको ३ मिनेट समय बाँकी रहँदा जापानी टोलीका लागि मासाहिको सुगिताले गोल गर्दै सहज जित पक्का गरे । यससँगै जापानी टोलीको नेपाल भ्रमण पनि सकिएको छ ।

शुक्रबार नेपाल निलोलाई ४–० ले हराएको जापानी टोलीले दुई मैत्रीपूर्ण खेल खेलेको थियो । मनाङले भने अब यस खेलसँगै लिगको तयारी पूरा गरेको छ । मनाङले लिगको पहिलो खेलमा एपीएफको सामना गर्नेछ । खेल बुधबार दिउँसो २ः३० बजे दशरथ रंगशालामा हुनेछ ।