काठमाडौं । राप्रपा नेता कमल थापाले सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको बताउनु भएको छ ।
उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन।
उहाँले लेख्नुभएको छ-
सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन। वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन् ।
सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरेपछि राप्रपा नेता कमल थापाले यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।












