३ असार २०८३, बुधबार
,
Latest
भोलिदेखि चिया उद्योग र बगान अनिश्चितकालका लागि बन्द ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न थप १६ सय साइट निर्माणको तयारी रास्वपा महाधिवेशनः राजनीतिसँगै पर्यटनको सङ्गम बन्दै चितवन हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान रौतहटमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति घट्यो, चालु आवमा ४८ जनाको मृत्यु चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी छः उद्योगमन्त्री गौरीकुमारी काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो



अ+ अ-

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुपर्ने बाध्यता हटेको छ ।

चारकोठे नयाँ भवन निर्माण भएपछि तीन दशक पुरानो पानी चुहिने, पर्खाल चिरा परेको र भत्कने अवस्थामा रहेको जोखिमयुक्त भवनमा बसेर पठनपाठन गर्नुपर्ने विद्यार्थी शिक्षकको समस्या हटेको हो ।

कक्षा कोठा भवन बनेपछि सुरक्षित वातावरणमा सहज रुपमा पठनपाठन हुन थालेको विद्यालयका प्रधानाध्यपक मैयाकुमारी बरुवालले बताउनुभयो । “यसअघि कक्षाकोठा भवन जीर्ण हुँदा डरत्रास थियो”, उहाँले भन्नुभयो, “सुरक्षित भवन बनेपछि सुरक्षित भएर ढुक्कसँग पठनपाठन गर्ने वातावरण सिर्जना भएको छ ।”

कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा हाल २२ जना विद्यार्थी रहेका छन् । अन्नपूर्ण गाउँपालिका र जर्मनको हिमालय ‘फ्रेण्ड्स इभी’को आर्थिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर चारकोठे कक्षाकोठा भवन बनाएका हुन् । कक्षाकोठाको साथै शौचालय पनि निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा रु २० लाख र चालु आर्थिक वर्षमा रु पाँच लाख ५० हजार बजेट विनियोजन गरेको उक्त भवन निर्माणका लागि जर्मन संस्थाले रु एक लाख ४९ हजार सहयोग गरेको वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । रासस