२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली अस्पताल भर्ना



अ+ अ-

काठमाडौँ ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको छ ।

शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न ओलीलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । चिकित्सकको सुझाव अनुसार ओलीलाई अस्पताल भर्ना गरिएको हो प्रहरीले जनाएको छ ।

ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना गरिएको छ । ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुनुहुन्छ ।