२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिकेल्टन र रोहितको अर्धशतकमा मुम्बईको कीर्तिमानी जित



तस्बिर : एपी
अ+ अ-

मुम्बई। रोहित शर्मा र रायन रिकेल्टनको सानदार ब्याटिङमा पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आइतबार विजयी सुरुआत गरेको छ ।

वाङ्खेडे स्टेडियममा आइतबार बेलुका भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्‍यो । कोलकाताले दिएको २२१ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

पूर्वकप्तान रोहितले ३९ बल खेली समान ६ चौका र छक्काका साथ ७८ रन बनाए । दक्षिण अफ्रिकी ब्याटर रिकेल्टन ८१ रनमा रनआउट भए । उनले ४३ बल खेल्दै ४ चौका र ८ छक्का प्रहार गरे ।

सूर्यकुमार यादव ८ बल खेली ३ चौका प्रहार गर्दै १६ र तिलक बर्मा १४ बल खेली ४ चौका प्रहार गरी २० रनमा आउट भए । कप्तान हार्दिक पाण्ड्या ११ बल खेली ३ चौका प्रहार गरी १८ र विजयी चौका प्रहार गरेका नमन धीर २ बल खेली ५ रनमा अविजित रहे ।

केकेआरका लागि सुनील नारायण, वैभव अरोरा र कार्तिक त्यागीले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको तीन पटकको विजेता कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय २० रन बनाएको थियो । मुम्बईबाट भारतको घरेलु क्रिकेट खेल्दै आएका अजिन्क्या रहाने र अङ्क्रिस रघुवंशीले कोलकाताको इनिङ्समा अर्धशतक बनाए । कप्तान रहानेले ४० बल खेली ६७ रन बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरे ।

मुम्बईका लागि शार्दुल ठाकुरले ३ विकेट लिए भने हार्दिक पाण्ड्याले १ विकेट लिए ।