३ असार २०८३, बुधबार
,
Latest
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण जीवी राई सहकारी घोटाला प्रकरणको अभियुक्त भन्दा पहिले नेपाली नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर… डा. कृष्ण गिरी चिकित्सा शिक्षा आयोगको बैठकमा ‘उपाध्यक्ष’को हैसियतमा सहभागिः एमालेले जनायो आपत्ति विदेशमा पिआर लिएर बसेका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही सिफारिस एल–निनो असरः भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको एकतावद्ध प्रयास र प्रभावकारी पैरवी आवश्यकः गणेश कार्की निजी क्षेत्रमैत्री विद्युत ऐनका लागि पहल गर्ने इप्पान अध्यक्ष डाँगीको प्रतिवद्धता समावेशी समाज निर्माण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी बजेट तर्जुमा गरिएको छः मन्त्री वादी मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन, २०६४ को संशोधन प्रक्रिया शुरु भइसकेको छः मन्त्री बादी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनीतिक पहल जारी छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवारको साथ लिएर आँखा शिविरमा आएका वृद्धवृद्धा उपचारपछि आफैँ घर फर्किए



अ+ अ-

पर्वत। पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ ।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यही चैत ८ देखि १५ गतेसम्म सो शिविर सञ्चालन गरिएको थियो ।

आँखा जाँचका क्रममा ५१ जनामा मोतियाविन्दु देखिएको थियो । उनीहरूको हिमालयन आँखा अस्पतालका विशेषज्ञद्वारा शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिले परिवारको सहारा लिएर शिविरमा आएका वृद्धवृद्धा आँखा उपचारपछि आफैँ घर फर्किन सक्ने भएका छन् । ”

मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले लामो समयदेखि आँखाको ज्योति गुमाएर बस्नुभएका वृद्धवृद्धा यस शिविरबाट लाभान्वित भएको बताउनुभयो । वर्षौँदेखि आँखा नदेख्ने समस्या लिएर थलिएका वृद्धवृद्धा आँखाको ज्योति फर्किएपछि हर्षित बनेका छन् ।




भर्खरै