काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको मुद्दा न्यायाधीश मेघराज पोखरेल र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ ।
ओलीका तर्फबाट श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन् भने लेखकको तर्फबाट उनकी श्रीमती यशोदा लेखकले निवेदन दर्ता गराएकी थिइन् ।
भदौ २३ को घटनामा दमन गरेको आरोपमा जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार ओली र लेखक पक्राउ परेका हुन् ।
आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरु दुवै जनालाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।












