३० जेष्ठ २०८३, शनिबार
,
Latest
श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’ आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङद्वारा साइबर ब्यूरोमा उजुरी, टिकटकमार्फत धम्की दिएको आरोप



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक सुनिता खड्का नामकी एक व्यक्तिले सामाजिक सञ्जाल टिकटकमार्फत ज्यान मार्ने तथा घर जलाउनेसम्मका धम्की दिएको भन्दै कारबाहीको माग गरिएको छ ।

सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी, काठमाडौंमा उजुरी दर्ता गर्दै उक्त विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।

उजुरीमा खड्काले सामाजिक सञ्जालमार्फत अत्यन्त आपत्तिजनक भाषा प्रयोग गर्दै व्यक्तिगत रूपमा गालीगलौज गर्नुका साथै हिंसात्मक अभिव्यक्ति दिएको उल्लेख गरिएको छ । सांसद राईले उक्त गतिविधिले आफू, आफ्नो परिवार तथा सम्पत्तिको सुरक्षामा जोखिम उत्पन्न भएको भन्दै तत्काल अनुसन्धान गरी कानुनअनुसार कडा कारबाही गर्न आग्रह गरेका छन् ।

साथै उजुरीसँगै प्रमाणका रूपमा भिडियो तथा फोटोहरू पनि साइबर ब्यूरोमा पेश गरिएको जनाइएको छ । सांसद राईले आफ्नो र परिवारको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन समेत सम्बन्धित निकायसँग अनुरोध गरेका छन् ।