३ असार २०८३, बुधबार
,
Latest
झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण जीवी राई सहकारी घोटाला प्रकरणको अभियुक्त भन्दा पहिले नेपाली नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर… डा. कृष्ण गिरी चिकित्सा शिक्षा आयोगको बैठकमा ‘उपाध्यक्ष’को हैसियतमा सहभागिः एमालेले जनायो आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलेर मृत्यु भएकी बुढामगरका आफन्तद्वारा निष्पक्ष छानबिनको माग



अ+ अ-

बाँके। नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा जलेको अवस्थामा भेटिएकी २२ वर्षीया सिर्जना बुढामगर (गीता)का आफन्तले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका छन् ।

आइतबार बिहान जलेको अवस्थामा सडकमा भेटिएकी २२ वर्षीया बुढामगरलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेकामा चिकित्सकले मृत घोषित गरेका थिए । मृतकका आफन्तले आज नेपालगञ्जमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय गेटमा पुगेर धर्ना दिएका थिए ।

बुढामगरको शरीरमा आगो लगाएर जलाइएको भन्दै यस कार्यमा संलग्नलाई कडा कानुनी कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको धर्नामा सहभागी स्थानीय अगुवा अछरी पोखरेलले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार शनिबार राति करिब ११ः३५ बजे कोरियनपुरस्थित सडकमा एक महिला आगो लगाएर जलेको भन्ने सूचनापछि निजलाई उद्धार गरेर अस्पताल पु¥याइएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि कारण खुल्न सकेको छैन । घटनाको प्रकृति शङ्कास्पद देखिएकाले गम्भीरताका साथ अनुसन्धान सुरु गरिएको प्रवक्ता पातलीले जानकारी दिनुभयो । रासस