३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलेर मृत्यु भएकी बुढामगरका आफन्तद्वारा निष्पक्ष छानबिनको माग



अ+ अ-

बाँके। नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा जलेको अवस्थामा भेटिएकी २२ वर्षीया सिर्जना बुढामगर (गीता)का आफन्तले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका छन् ।

आइतबार बिहान जलेको अवस्थामा सडकमा भेटिएकी २२ वर्षीया बुढामगरलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेकामा चिकित्सकले मृत घोषित गरेका थिए । मृतकका आफन्तले आज नेपालगञ्जमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय गेटमा पुगेर धर्ना दिएका थिए ।

बुढामगरको शरीरमा आगो लगाएर जलाइएको भन्दै यस कार्यमा संलग्नलाई कडा कानुनी कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको धर्नामा सहभागी स्थानीय अगुवा अछरी पोखरेलले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार शनिबार राति करिब ११ः३५ बजे कोरियनपुरस्थित सडकमा एक महिला आगो लगाएर जलेको भन्ने सूचनापछि निजलाई उद्धार गरेर अस्पताल पु¥याइएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि कारण खुल्न सकेको छैन । घटनाको प्रकृति शङ्कास्पद देखिएकाले गम्भीरताका साथ अनुसन्धान सुरु गरिएको प्रवक्ता पातलीले जानकारी दिनुभयो । रासस