२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिनउडको दुई गोलमा युनाईटेडको जित



अ+ अ-

युरोपा लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले प्रभावशाली जित निकालेको छ । बिहिबार राति भएको खेलमा युनाईटेडले डच क्लब एजेड अल्कमारलाई ४–० गोल अन्तरले हराएको हो । अन्तिम खेलमा जित निकाल्दै युनाईटेड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।शीर्ष स्थानको म्यान युनाईटेडले १३ अंक जोड्यो । अल्कमार समेत ९ अंक सहित दोस्रो स्थानमा रह्यो ।

युनाईटेडको जितमा मासन ग्रिनउडले दुई गोल गरे । म्यान युनाईटेडका चारै गोल दोस्रो हाफमा सम्भव भएको हो । खेलमा अग्रता युनाईटेडले ५३ औ मिनेटमा एस्ले योङको गोलबाट लिएको थियो । जुवान माटाको क्रसलाई सदुपयोग गर्दै उनले फेब्रुअरीपछि क्लबका लागि पहिलो गोल गरेका हुन् । ग्रिनउडले ५८ औं मिनेटमा क्लबको अग्रता दोब्बर बनाएका थिए ।

माटाले ६२ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई ३–० ले अघि बढाए । स्पेनिस मिडफिल्डरको सिजनको यो पहिलो गोल हो । त्यसको दुई मिनेटपछि ग्रिनउडले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई फराकिलो जित दिलाए । जितसंगै युनाईटेड समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो । अब सोमबार प्रतियोगिताको अन्तिम ३२ को ड्र सार्वजनीक हुनेछ ।