२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग नकआउट चरणमा को को पुगे ?



अ+ अ-

क्लब फुटबलको सबैभन्दा चर्चित प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ । बुधबार राति ८ टोलीले नकआउट चरणमा स्थान बनाएसँगै नकआउट चरणमा पुग्ने सबै टोलीको छिनोफानो भएको हो ।

नकआउट चरणको ‘ड्र’ १६ डिसेम्बरको हुँदैछ । नकआउट चरणमा पुग्न सफल टोलीमध्ये अब समूह विजेताले अर्को कुनै समूहको उपविजेतासँग खेल्नेछन् । यद्यपि प्रतिद्वन्द्वी छनोट गर्दै दुवै टोली फरक राष्ट्रको प्रतिनिधित्व गरेको हुनुपर्नेछ ।

समूह विजेता टोलीले अन्तिम १६ को पहिलो लेग अवे मैदान र दोस्रो लेग घरेलु मैदानमा खेल्नेछन् । यसपटक केही ठूला टोली समूह उपविजेताको रूपमा अगाडि बढेकाले पनि अन्तिम १६ को खेलमा नै केहि ठूला टोली आमनेसामने हुने सम्भावना रहेको छ ।

  • समूह ‘ए’ – पीएसजी (विजेता), रियल मड्रिड (उपविजेता)
  • समूह ‘बी’ – बायर्न म्युनिख (विजेता), टोटेनहम (उपविजेता)
  • समूह ‘सी’ – म्यानचेस्टर सिटी (विजेता), एटलान्टा (उपविजेता)
  • समूह ‘डी’ – युभेन्टस (विजेता), एट्लेटिको मड्रिड (उपविजेता)
  • समूह ‘ई’ – लिभरपुल (विजेता), नेपोली (उपविजेता)
  • समूह ‘एफ’ – बार्सिलोना (विजेता), बोरुसिया डर्टमन्ड (उपविजेता)
  • समूह ‘जी’ – आरबी लेइप्लिज (विजेता), लियोन (उपविजेता)
  • समूह ‘एच’ – भ्यालेन्सिया (विजेता), चेल्सी (उपविजेता)