८ असार २०८३, सोमबार
,
Latest
प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण पार्टीका लागि योगदान गरेको छु, पदाधिकारीमा अपेक्षा राख्न सक्छु : मनिष झा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु



अ+ अ-

काठमाडाैँ । दार्चुलाकाे ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो ।

कामको सिलसिलामा उनीहरू काडापारीबाट ओसिलतर्फ गएकाे जनाइएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।