३ असार २०८३, बुधबार
,
Latest
गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काउसिन्लद्वारा ‘एनपिएलप्रेस डटकम’ लाई कारबाही



अ+ अ-

काठमाडौँ। प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्काले सञ्चालन गर्नुभएको सञ्चालक ‘एनपिएलप्रेस डटकम’लाई कारबाही गरेको छ ।

क्यामेरा बोकेर अनुमतिबिना निजी र सार्वजनिक कार्यालयमा गई दुव्र्यवहार गर्ने गरेको उजुरी काउन्सिललमा परेपछि सो अनलाइनलाई आज सूचीकरणबाट हटाएको छ ।

साथै काउन्सिलले पत्रकार खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार गरेको काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहले जानकारी दिनुभयो ।

काउन्सिलले भनेको छ, “एनपिएल प्रेस डटकमलाई मिति २०८२/११/०८ गतेको निर्णयअनुसार अवज्ञाकारी/कालोसूचीमा राखी सूचीकरणबाट हटाइएको, साथै सम्बद्ध सञ्चालक/पत्रकार (सुरज खड्का) को प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्रचार गरिएको छ ।”