३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशमा ४३ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै



फाइल फोटो
अ+ अ-

गण्डकी। बिहीबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशबाट ४३ हजार ३५५ विद्यार्थी सहभागी हुने भएका छन् ।

परीक्षाको सबै तयारी पुरा भएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखा, पोखराका प्रमुख दामोदर सुवेदीले जानकारी दिनुुभयो । प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेड वृद्धि समूहका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

जिल्लागत विवरणअनुसार प्रदेशमा सबैभन्दा बढी कास्कीमा १० हजार ८४३ विद्यार्थी सहभागी हुने उहाँले बताउनुुभयो । तनहुँमा छ हजार १५५, नवलपुरमा छ हजार ७१२, स्याङ्जामा चार हजार २८८ र बागलुङमा चार हजार २३९ विद्यार्थी रहेका छन् ।

गोरखामा तीन हजार ७९७, लमजुङमा दुई हजार ८६२, पर्वतमा दुई हजार २१७ र म्याग्दीमा दुई हजार २२ विद्यार्थी सहभागी हुनेछन् । सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा १८६ जना विद्यार्थी रहेको महाशाखाले जनाएको छ । परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ ।

प्रदेशभर १८७ वटा परीक्षा केन्द्र तोकिएको र सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको महाशाखाले जनाएको छ ।  रासस