२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बस्ने प्रतिनिधि सभाकाे बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको आज बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

संघीय संसद सचिवालयका अनुसार आज अपरान्ह २ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्ने तयारी गरिएको छ।