२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा उपसभापति अर्यालले सभामुखका लागि उम्मेदवारी दिए



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका सभामुखका लागि उम्मेदवारी दिएका छन् ।
शुक्रवार सिंहदरवारस्थित संघीय संसद सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई सभामुख पदको उम्मेदवारीका लागि मनोनयनपत्र बुझाएका हुन् ।

सो अवसरमा पार्टीका सभापति रवि लामिछाने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, रास्वपाका सांसदहरु सहभागी भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधिसभामा करिव दुई तिहाई मत १ सय ८२ सिट रहेकाले उपसभापति अर्याल सभामुख बन्ने निश्चित छ ।

यसअघि उनले सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका बेला पार्टीको नेतृत्व सम्हालेका थिए भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको भुमिका पनि निर्वाह गरेका थिए ।