२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराई मधेसको सिंचाई र ऊर्जा सङ्कट समाधान गर्न मन्त्री श्रेष्ठलाई समिम मियाँ अन्सारीको ध्यानाकर्षण



अ+ अ-

काठमाडाैँ । राष्ट्र निर्माण दलका अध्यक्ष एवं मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठलाई भेटी तराई मधेसमा व्याप्त पानीको अभाव र विद्युत समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा अन्सारीले नेपालभर नै पानीको अवस्था नाजुक रहेको र विशेषगरी तराई मधेसमा गत वर्ष पानीको अभावले संकटकाल घोषणा गर्नुपर्ने अवस्था आएको स्मरण गराएका हुन्। अन्सारीले तराई मधेसको नाजुक अवस्थालाई सुधार गर्न मन्त्रालयमार्फत ठोस नीति र निर्देशन जारी गर्नुपर्नेमा जोड दिए।

उनले भने, “चुनावका बेला जनतासँग गरेको वाचाअनुसार आउने सरकारले ठोस पहल गर्नेछ भन्ने विश्वास छ। झ्यापझ्याप बत्ती जाने र सिँचाइको समयमा खेतमा पानी नपुग्ने समस्या समाधान गर्न मन्त्रीज्यूको क्षमतामा मलाई विश्वास छ । तराई मधेसको अवस्था अत्यन्तै नाजुक छ। त्यो नाजुक अवस्थालाई ठोस रुपमा मन्त्रालय मार्फत एउटा ठोस नीति र निर्देशन होस् भन्ने मेरो चाहना छ ।”

जवाफमा मन्त्री विराजभक्त श्रेष्ठले मधेसको मरुभूमिकरण र जलवायु परिवर्तनको असरलाई आफूले गम्भीरताका साथ लिएको बताए । उनले जलवायु परिवर्तनका कारण भइरहेको पलायन रोक्न र पुराना योजनाहरूलाई द्रुत गतिमा अघि बढाउन समितिहरू परिचालन गरिएको जानकारी दिए ।