जेरूसेलम। इजरायलको इरानमा भएको आक्रमणले इरानको स्टिल उत्पादन क्षमताको ७० प्रतिशत नष्ट गरेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार बताउनुभएको छ।
स्टील औद्योगिक र सैन्य उत्पादनमा प्रयोग हुने मिसाइल, ड्रोन र जहाजजस्ता रणनीतिक रूपमा महत्त्वपूर्ण उत्पादनका लागि आवश्यक सामग्री हो ।
“हाम्रा अमेरिकी मित्रहरूसँग मिलेर हामी इरानमा ‘आतङ्कवादी शासन’लाई दबाउने क्रमलाई जारी राख्छौँ। हामी कमान्डरहरूलाई निशाना बनाउँदैछौँ । पुलहरूमा बमबारी गर्दैछौँ, पूर्वाधारहरूमा बमबारी गर्दैछौँ,” नेतन्याहूले एक भिडियो वक्तव्यमा भन्नुभएको छ।
उहाँले भन्नुभयो, “हालैका दिनमा वायु सेनाले इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमतालाई नष्ट गरेको छ ।”
“रिभोलुसनरी गाड्र्सलाई वित्तीय स्रोत र धेरै हतियार उत्पादन गर्ने क्षमताबाट वञ्चित गर्न यो एक ठूलो उपलब्धि हो,” उहाँले भन्नुभयो ।
इरानका दुई ठूला स्टिल प्लान्टहरू अमेरिका र इजरायली हवाई आक्रमणका कारण कारवाहीमा परेका छैनन्।
इरानको खुजेस्तान स्टिल कम्पनी र मोबाराकेह स्टिल कम्पनीले प्लान्टको पुनर्संरचना गर्न महिनौँ लाग्ने उहाँको दावी थियो ।
रिभोलुसनरी गाड्र्सले स्टिल प्लान्टमा भएको आक्रमणको बदलामा यस क्षेत्र र इजरायलका औद्योगिक क्षेत्रहरूमा मिसाइल र ड्रोन आक्रमण सुरु गरेको छ। (रासस/एएफपी)












