३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारविद् प्राडा अधिकारीलाई गण्डकी वाङ्मय पुरस्कार दिने निर्णय



अ+ अ-

तनहुँ।  तनहुँस्थित गण्डकी वाङ्मय प्रतिष्ठानले यस वर्षको ‘गण्डकी वाङ्मय पुरस्कार–२०८२’ विशिष्ट सिद्धान्तकार एवं सञ्चारविद् प्राडा निर्मलमणि अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको आज बसेको कार्यसमिति बैठकले नेपाली साहित्य, सञ्चार र प्राज्ञिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँलाई रु १० हजार राशिसहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपानले उक्त पुरस्कार नयाँ वर्ष २०८३ को सन्दर्भ पारेर दमौलीमा हुने विशेष समारोहमा प्रदान गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली साहित्यको विकास, समृद्धि र श्रीवृद्धिमा डा अधिकारीले पुर्‍याउनुभएको अतुलनीय योगदानको सम्मानस्वरूप उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।”

यहाँको म्याग्दे गाउँपालिका–४ पिपलटार, छाङमा जन्मिनुभएका प्राडा अधिकारी हाल काठमाडौँ विश्वविद्यालयअन्तर्गत भाषा तथा आमसञ्चार विभागका प्राध्यापक तथा विभाग प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।

उहाँद्वारा प्रतिपादित ‘सञ्चारको साधारणीकरण ढाँचा’ (साधारणीकरण मोडल अफ कम्युनिकेसन) विश्वका विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश भई पठनपाठन भइरहेको छ ।  रासस