२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ औँ साग सम्पन्न, नेपाललाई ऐतिहासिक ५१ स्वर्ण



अ+ अ-

काठमाडौं । नेपालले ऐतिहासिक ५१ स्वर्ण जित्दै दक्षिण एसियाली खेलकुदको १३ औँ संस्करण सकिएको छ । नेपालले सागमा ५१ स्वर्ण ६० रजत र ९५ कास्यसहित कुल २०६ पदक जितेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको भव्य समापन समारोहको मार्चका क्रममा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन् । उनले चार स्वर्णसहित ९ पदक जितेर कीर्तिमान बनाएकी छन् । प्रतियोगिता सुरुआत हुँदा नै नेपालले ५० स्वर्णको लक्ष्य लिएको थियो ।

सदैव ठूलो लक्ष्य लिए पनि कहिले पूरा हुने गरेको थिएन । तर, यसपटक भने नेपालले लक्ष्यभन्दा बढी पदक जितेको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले प्रतियोगिता अगावै नेपालको लक्ष्य ५० स्वर्ण जित्ने रहेको बताएका थिए । यद्यपि सो कुरालाई कसैले पनि ध्यान दिएका थिएनन् । मंसिर १५ गतेबाट औपचारिकरूपमा सुरु भएको सागमा नेपालले कराँतेबाट पहिलो स्वर्ण जितेको थियो ।

कराँतेको व्यक्तिगत काता पुरुषमा मण्डेकाजी श्रेष्ठले जित्न सुरु गरेको स्वर्ण पुरुष फुटबलमा गएर टुंगिएको थियो । नेपालले यसअघि सबैभन्दा धेरै स्वर्ण पदक आठौँ सागमा जितेको थियो । सन् १९९९ मा काठमाडौंमै भएको सागमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो । नेपालले १३औँ सागमा सबैभन्दा धेरै स्वर्ण तेक्वान्दोबाट जितेको थियो । तेक्वान्दोबाट १२, कराँतेबाट १० र उसुबाट पाँच स्वर्ण पदक जित्न सफल भयो । पौडी र साइक्लिङमा चार/चार, बक्सिङ र एथ्लेटिक्समा तीन/तीन, ट्रायथलन, भारोक्तलन, गल्फ र जुडोमा दुई/दुई स्वर्ण पदक जित्न सफल भयो ।

यसैगरी कुस्ती र पुरुष फुटबलमा एक/एक स्वर्ण पदक जित्न सफल भएको हो । १३औँ सागमा नेपालले केही ऐतिहासिक कीर्तिमानसमेत कायम गरेको छ । पौडीकी गौरिका सिंहले चार स्वर्ण जितिन् । उनले जितेको स्वर्ण सागको व्यक्तिगत इभेन्टमा पहिलो स्वर्ण हो । साथै एक संस्करणमा चार स्वर्ण उनको अर्को कीर्तिमान हो । कराँतेका मण्डेकाजी श्रेष्ठ र आयषा शाक्यले एकै संस्करणमा दुई स्वर्णको कीर्तिमान बनाएका छन् । ट्रायथलनमा सोनी गुरुङ, १० हजार दौडमा सन्तोषी श्रेष्ठ, कुस्तीमा संगीता धामी र गल्फमा सुवास तामाङले पहिलो स्वर्णको इतिहास रचेका छन् ।

यस्तै भारोतोनल महिलामा सञ्जु चौधरी, बक्सिङ महिलामा मिनु गरुङले पहिलो स्वर्ण जितिन् । नेपालले भलिबल र कबडडीको महिलामा पनि पहिलो पटक कांस्य जितेको छ । यसैगरी महिला क्रिकेटमा अञ्जली चन्दले २.१ ओभरमा रन नै नदिई ६ विकेट लिएर विश्वकीर्तिमानसमेत बनाएकी छन् । यसै सागबाट नेपालले कुल स्वर्ण पदकको संख्या पनि एक सय बढी पुर्याएको छ । सागको समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश दिएर ऐतिहासिक सफलता हात पारेको उल्लेख गरेका छन् ।

समापन समारोहमा लाइटिङमार्फत् विभिन्न आकृति बनाइएको थियो । यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू देखाएका थिए । सागको १४औँ संस्करण पाकिस्तानमा हुने भएको छ । सौर्य दैनिकबाट