२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ औं साग आज भब्यताका साथ समापन हुँदै, १४औं साग आयोजनाको झण्डा कस्लाई ?



अ+ अ-

काठमाडौं । १३ औं संस्करणकोंं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आज समापन कार्य रहेको छ । नेपालका मुख्य तीन शहरमा सञ्चालन भएको दक्षिण एसियाकै सबै भन्दा ठुलो खेल महोत्सवको मंसिर १५ गते औपचारिक उद्घाटन भएको थियो । दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा प्रतियोगितामा सहभागीता जनाएका छन् । आयोजक नेपाल सहित भुटान, भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान र श्रीलंकाले सागमा प्रतिस्पर्धा गरेका छन् ।

दक्षिण एसियाली राष्ट्रलाई खेलकुदको माध्यमबाट जोड्ने उद्वेश्यकले सन् १९८४ मा सागको सुरुवात नेपालबाट नै भएको थियो । सन् १९९९ मा सागको दोस्रो पटक आयोजना गरेको थियो ।नेपालको यो वर्षको आयोजना तेस्रो पटक हो । प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण सहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा भएको हो । तर अन्तिम समयमा सहभागी टिमको संख्या नपुगेपछि प्याराग्लाईडिङलाई प्रतियोगितामा समावेश गरिएको थिएन ।

केही पदकको टुङ्गो आज अन्तिम दिन लाग्दैछ । अन्तिम दिनसम्म भारत १ सय ७२ स्वर्ण सहित पदक तालिकामा अगाडी छ भने आयोजक नेपाल ४९ पदक सहित दोस्रो स्थानमा कायम रहेको छ । पछिल्लो पटक घरेलु भुमिमा भएको आठौं सागमा नेपालले ३१ वटा स्वर्ण पदक मात्र जितेको थियो । प्रतियोगिताको आयोजनका लागि राज्यको झण्डै साढे ५ अर्व रुपैयाँ खर्च हुने बताईएको छ ।

भब्य समापनको तयारी:आयोजक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपले सागको समापनलाई भब्य बनाउने तयारी गरिरहेका छन् । समापन समारोह अगाडी पुरुष फुटबल टिमको फाईनल खेल रहेको छ । त्यसपछि करिब साढे १ घण्टा समापन समारोह चल्नेछ । कार्यक्रमलाई सागको ओलम्पिक काउन्सिल, राखेप सदस्य सचिव, युवा तथा खेलकुद मन्त्रीले सम्बोधन गर्नेछन् ।

साग विजेता खेलाडीलाई मुख्य अतिथीबाट विशेष प्याकेज घोषणा गर्ने तयारी छ । लगत्तै १४ औं साग आयोजनाको झण्डा पाकिस्तानलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।