२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमाको बिषयमा सरकार गम्भीर नबनेकोमा नेकपाकै सांसदको आपत्ति



अ+ अ-

काठमाडौं । सत्तारुढ दलकै सांसदहरुले राष्ट्रकै गौरब र सीमा सुरक्षाको सम्बन्धमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

संघीय संसद अन्तरगत राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको शुक्रबारको बैठकमा भूमि व्यवस्था तथा सहकारी मन्त्री र परराष्ट्रमन्त्री अनुपस्थित भएपछि सांसदहरुले सरोकारवाला मन्त्रीहरु नै सिमा सुरक्षाको विषयमा गम्भीर नबनेको आरोप लगाएका हुन् । राष्ट्रकै गौरब र सिमा सुरक्षा जस्तो संवेदनशील विषयमा छलफल गर्न बोलाउदा अनुपस्थित भएर सरकारबाट संसदीय समितिकै मर्यादा उलंघन गर्ने काम गरेको आरोप पनि समिति सदस्यहरुले लगाए । सत्तारुढ दल नेकपाका तर्फबाट समिति भीम रावलले संवेदनशील विषयमाथिको छलफलमा मन्त्रीहरु समितिमा उपस्थित नहुनु आपत्तीजनक भएको टिप्पणी गर्नुभयो ।

यस्तै सिमा सुरक्षा पोष्ट निर्माणका लागि आवश्यक जग्गा बन मन्त्रालयले उलपब्ध नगराएका कारण समस्या भएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाईप्रति पनि आपत्ती जनाउदै बनमन्त्री र मन्त्रालयका कर्मचारीलाई छलफलमा बोलाउन समिति सभापतिसंग आग्रह गर्नुभयो । बैठकमा गृहमन्त्री थापाले दार्चुलामा सिमा सुरक्षा पोष्ट निर्माणका लागि मन्त्रालयको प्रस्तावमा बन मन्त्रालयले सहमति नदिएका कारण रोकिएको धारणा राख्नुभएको थियो ।

त्यसैगरी नेकपाका सांसद पम्फा भुसालले सिमा सुरक्षामा भन्दा राज्य सिंहदरबार भित्र ठुला ठुला सिंहदरबार बनाउने काममा क्रियाशिल भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “ जनता चाही पहरेदार बनेजस्तो । राज्य सिंहदरबारका वरिपरि ठूला ठूला सिंहदरबार बनाउने काममा क्रियाशिल भएको छ । सिमा सुरक्षा गर्नुपर्नेमा । ”

उहाँले नेपालकै अस्तित्व नै संकटमा पर्ने संकेत देखापरेको भन्दै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “राष्ट्रियताको प्रश्न गम्भीर छ । केही परिघटनाहरुले त्यस्तो कुरा संकेत गर्छ । विभिन्न ढंगका परिघटनाले नेपालको सिमा अतिक्रमण मात्रै होइन नेपाल राष्ट्र कै अस्तित्वको रक्षा हुने हो कि होइन भन्ने आशंका गर्न सक्ने स्थिति भएको छ ।”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट समिति सदस्य डाक्टर मिनेन्द्र रिजालले सरकारका मन्त्रीले समितिको बैठकमा अनुपस्थित भएर संसदीय समितिको मर्यादा नराखेको भन्दै अर्को बैठकमा अनिवार्य उपस्थितिका लागि सभापतिले निर्देशन दिनुपर्ने बताउनुभयो ।

बैठकमा समिति सदस्यहरुले मन्त्रीहरुको उपस्थितिमा मात्रै छलफल अघि बढाउनुपर्ने आवाज उठाएपछि समिति सभापति निरा देवी जैरुले सिमा सुरक्षाको सन्र्दभमा सर्वसाधरणले गुनासो गर्ने अवस्था श्रृजना नगर्ने गरि काम गर्न सरकारलाई आग्रह गर्दै सरोकारवाला सबै मन्त्रीको उपस्थितिमा छलफल गर्ने गरि बैठक स्थगित गर्नुभएको थियो ।

समितिले कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायत विवादित बनेका नेपाली सिमा सुरक्षाका बारेमा छलफल गर्न गृह, परराष्ट्र र भूमि व्यवस्था तथा सहकारी मन्त्रीलाई छलफलमा बोलाएको थियो ।