२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटमा नेपाल पराजित, फाइनल खेल्ने सपना समाप्त



अ+ अ-

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको छ । टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन जोडेका थियो । जीतका लागि ११९ रनको मध्यमस्तरको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ७७ रन मात्र जोड्न सफल भयो ।

नेपालकी कप्तान रुविना क्षेत्रीले टोलीका लागि सर्वाधिक १९ रन जोडिन् भने कविता कुँवरले अविजित १३ रन जोडेकी थिइन् । सोनु खड्का र सरस्वती चौधरीले बङ्गलादेशका दुई/दुई विकेट लिएका थिए भने अञ्जली चन्दले एक विकेट लिइन् ।

श्रीलङ्काकी अप्सरा लिचिनीले सर्वाधिक ३७ रन बनाइन् । सत्ताइस बल सामना गरेकी उनले चार चौका प्रहार गरेकी थिइन् । नेपालको महत्वपूर्ण चार विकेट लिएकी श्रीलङ्काकी सचिनी निशानसाला खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

श्रीलङ्कासँगको पराजयसँगै नेपालको महिला क्रिकेटको फाइनल खेल्ने सपना समाप्त भएको छ । नेपालले अब शनिबार माल्दिभ्ससँग कास्य पदकका लागि स्पर्धा गर्नेछ । नेपालसँग जीत हासिल गरेको श्रीलङ्काले यही मङ्सिर २३ गते बङ्गलादेशसँग स्वर्णका लागि स्पर्धा गर्नेछ ।

नेपाली टोलीकी कप्तान क्षेत्रीले फिल्डिङ र बलिङमा राम्रो गरे पनि ब्याटिङ राम्रो हुन नसक्दा पराजय बेर्होनु परेको बताउनुभयो । श्रीलङ्का टोलीकी कप्तान हर्सिताले फाइनलमा आफ्नो टोलीले स्वर्णका लागि कडा टक्कर दिने प्रतिक्रिया दिनुभयो ।