२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडीमा गौरिकाले दिलाईन नेपाललाई ऐतिहासिक स्वर्ण



अ+ अ-

काठमाडौं । गौरिका सिंहले २ सय मिटर फ्रि–स्टाइल विधामा बिहीबार नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । सातदोबाटोको हिटिङ स्विमिङ पुलमा गौरिकाले २.०५.०६ समयमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन । २ सय मिटरमा भारतकी सिभांगी शर्माले रजत पदक हात पार्दा बंगलादेशी जुनायन अहम्मेदले कास्य पदक जितन् । यस्तै २ सय मिटर महिला ब्रेसस्टोक नेपालकी दुवाना लामाले नेपालका लागि रजत पदक हात पार्दा भारतकी अपेक्षा दिलेला स्वर्ण र श्रीलंकाकी रामुदी नुलाराले कास्य पदक हात पारिन् ।

बिहीबारै पुरुष २ सय मिटर फ्रि–स्टाइलमा श्रीलंकाका म्याथु डुनकानले स्वर्ण पदक जिते । सोही स्पर्धामा भारतका कुशाग्रा रावतले रजत पदक हात पार्दा भारतकै आनन्दा अनिल कुमारले कास्य पदक जिते । उता २ सय मिटर पुरुष ब्रेस्टोकमा भारतले स्वर्ण र कास्य पदक हात पार्दा श्रीलंकाका किरन मलिकले कास्य पदक जिते ।

भारतका लिकथले स्वर्ण र धनुस सुरेशले रजत पदक जितेका हुन् । यस्तै एक सय मिटर पुरुष बटरफ्लाईमा श्रीलंकाका म्याथ्यु डुनकानले स्वर्ण पदक आफ्नो नाममा लेखाउँदा भारतका मिहिर राजेन्द्र अम्ब्रेले रजत र बंगलादेशका महम्मद माहामुदिन नोबीले कास्य पदक जिते । १ सय मिटर महिला बटरफ्लाईमा भारतकी दिब्या सातिजा पहिलो बन्दै भारतलाई स्वर्ण पदक दिलाउँदा भारतकै अपेक्षा देयालाले कास्य र श्रीलंकाकी अनिकह गाफुरले कास्य पदक जितिन् । बिहीबारै पुरुष ४ सय मिटर पुरुष रिलेमा श्रीलंकाले स्वर्ण पदक जित्न सफल भयो ।

सोही स्पर्धामा भारतले रजत र बंगलादेशले कास्य पदक हात पार्यो। महिला तर्फ भने भारतले बाजी मार्न सफल भयो । श्रीलंकाले रजत पदक हात पार्दा नेपालले कास्य पदकमा चित्त बुझायो ।बिहीबार ८ स्वर्ण पदकका प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले १ स्वर्ण, १ रजत र १ कास्य पदक हात पार्दा भारतले ४ र श्रीलंकाले ३ स्वर्ण पदक जिते ।