२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

साग: पहिलो दिन कुन–कुन खेल हुँदैछ ?



अ+ अ-

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक उद्घाटन आज (आइतबार) हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ विशेष कार्यक्रमकाबीच सागको उद्घाटन आज हुनेछ । बुधबारबाट भलिबल खेल सुरु भईसकेको छ । सागको उद्घाटनसँगै आजबाट विभिन्न खेलहरुको समेत प्रतिस्पर्धा सुरु हुनेछ ।

सागको पहिलो दिन आज काठमाडौंमा भलिबल, कराते र खोखोको खेल सुरु हुनेछ भने पोखरामा ब्याडमिन्टन हुनेछ । राखेप कभर्ड हलमा आज बिहान ११ बजेपछि हुने पुरुष भलिबलतर्फको पहिलो सेमिफाइनलमा भारत र श्रीलंकाबीच खेल हुनेछ । यस्तै दिउँसो साढे एक बजेपछि हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा छ ।

करातेको भने आज उद्घाटन र खेल तालिका मात्रै सार्वजनिक कार्यकम रहेको छ भने प्रतिस्पर्धा सोमबारबाट हुनेछ । खोखोमा महिला र पुरुष दुवैतर्फको खेल किर्तिपुर नयाँ बजारमा हुनेछ ।

महिलातर्फ नेपालले बंगलादेशको सामना र भारतले श्रीलंकासँग खेल्ने खेल तालिका रहेको छ । पुरुषतर्फ भने भारतले श्रीलंका र नेपालले बंगलादेशसँग खेल्नेछ । खेलहरु ९ बजेपछि सुरु मात्र हुनेछ ।