११ असार २०८३, बिहीबार
,
Latest
देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीप पल्टिँदा एकको मृत्यु, नौ घाइते



अ+ अ-

रुकुम । रुकुमपूर्वमा जीप पल्टिँदा एकको मृत्यु भएको छ भने नौ घाइते भएका छन् । मृत्यु हुनेमा रुकुमपूर्व भूमे गाउँपालिका–२ खावाङकी तीन वर्षीया बालिका निसीम पुन रहनुभएको छ ।

कर्णाली प्रदेशको रुकुमपश्चिम मुसिकोटबाट रुकुमपूर्वको तकसेरा जाँदै गरेको रा१ज ४४४ नंको जीप भूमे गाउँपालिका–३ को जीतखोलास्थित सडकमा पल्टिएको हो ।

घाइते हुनेमा सिस्ने गाउँपालिका–७ की ३१ वर्षीया सुनिता बुढा, भूमे गाउँपालिका–२ की ४० वर्षीया मनकुमारी पुन, भूमे–२ की ३३ वर्षीया कुमारी पुन रहनुभएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनुभयो । उहाँका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिका–१२ कोलकी १८ वर्षीया शान्ती सुनाम, सोही ठाउँकी ३० वर्षीया नन्द पुन, ५२ वर्षीया पूर्णसिंह पुन, सोही गाउँपालिका–१२ का ३७ वर्षीय लोकेन्द्र पुन, २५ वर्षीय विरोध पुन र गाडी चालक भूमे गाउँपालिका–७ गुनामका ३९ वर्षीय मुलमान विक रहनुभएको छ ।