२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारसले नेपालको झण्डा बोक्दै सागमा मार्चपास गर्ने



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको झण्डा क्रिकेटर पारस खड्काले बोक्ने भएका छन् । पारसले मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने अवसर पाएका हुन् । सागमा नेपालकोतर्फबाट डेपुटी सेफ द मिसन रिम रानाभाटले मार्चपासमा खेलाडीको नेतृत्व गर्दै देशको झण्डा पारसले बोक्ने टुङ्गो लागेको बताए ।

‘पारसले नै देशको झण्डा बोक्नु हुनेछ ।’ उनले भने । घरेलु भुमीमा आईतबार सुरु हुने १३ औं सागमा पारसले सो अवसर प्राप्त गरेका हुन् । खेल जिवनमा प्राप्त गरेको सफलताका आधारका ठुला प्रतियोगितामा खेलाडीको नेतृत्व गर्दै देशको झण्डा बोक्न दिने प्रचलन छ ।

केही महिना अघि मात्र राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट पारसले राजीनामा दिएका थिए । राष्ट्रिय क्रिकेट टिमको कप्तानको रुपमा उनले नेपाललाई विश्वकपसम्मको यात्रा तय गराएका थिए । उनकै नेतृत्वमा नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।