२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गा हिनामिनाबारे आयोगमा अन्यौलता, समय सकिँदै काम भने ज्यूँका त्यूँ



अ+ अ-

काठमाडौं । देशभरका सरकारी सार्वजनिक र गुठी जग्गा हिनामिनाको अनुसन्धानमा अन्यौलता देखिएको छ । देशभरका जग्गा हिनामिनाबारे छानविनका लागि गठित उच्चस्तरीय भूमी आयोगको समयाबधि छानविन पुरा नहुँदै सकिने भएसँगै छानविन के हुने भन्ने अन्यौलता छाएको हो । बालुवाटार लगायत देशभरका जग्गा हिनामिनाका विषय उजागर भएसँगै सरकारल जग्गा हिनामिनाका सम्बन्धमा छानविन गत जेठमा मोहनरमण भट्टराईको अध्यक्षतामा ४ सदस्यिय ‘सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोग’ गठन गरी छानविनको जिम्मेवारी दिएको थियो ।

आयोगलाई ६ वटा कार्यादेश सहित ६ महिनाको समयावधि रहेको थियो । जुन समय १५ मंसिरमा सकिँदैछ । तर, यस अबधिमा भएका छानविन,आयोगको क्षेत्र र कार्यादेश अनुसार आयोगले जिम्मेवारी पुरा गर्न सकेको छैन । अनुसन्धानका लागि समय अपुग भएकाले आयोगमा परेका उजुरी छानविन लगायत अन्य कार्यादेश अनुसारको काम सम्पन्न गर्न नसकिने स्थिति रहेको आयोगका सदस्यहरु बताँउछन । आयोगले यस अबधिमा भएका उपलव्धिको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने तयारी भईरहेका जनाएको छ ।

आयोगका अध्यक्ष मोहनरमण भट्टराई आफुहरुले समयावधिभित्र गरेका कामको प्रतिवेदन तयार गरी प्रधानमन्त्री समक्ष बुझाउने अन्तिम तयारीमा रहेको बताँउछन । ‘हामीले यस समयमा भएका छानविनको प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाउने तयारी तयारी गरिरहेका छौँ ।’ भट्टराईल भने । आयोगले पहिलो चरणको प्रतिवेदन तयार भएको जनाएको छ । भट्टराईले आयोगले अन्तिम तयारी गरिरहेको र प्रधानमन्त्रीसँग समय लिएर प्रतिवेदन पेस गर्ने जानकारी दिए । आयोगले अपेक्षित रुपमा उजुरी नपरेपनि परेका उजुरीका सम्बन्धमा प्रमाण जुटाउन समस्या परेको जनाएको छ ।

जटिल प्रकृतिका जग्गा छानविनमा समय पर्याप्त नभएको,मालपोेत नापी लगायतका जग्गासँग सम्बन्धित निकायबाट पर्याप्त सहयोग नपाएको आयोगको भनाई छ । उजुरी छानविनका साथै अन्य कार्यादेशको जिम्मेवारी र समयबीच तालमेल हुन नसक्दा समय पर्याप्त नभएको आयोगका सदस्यहरु बताँउछन । आयोग स्रोतले हालसम्म उजुरी झण्डै १ सय ८० उजुरीमध्ये १० प्रतिशत उजुरी मात्रको टुङ्गो लागेको जनाएको छ । आयोगलाई उजुरी छानविन गरी हिनामिनामा संलग्न कर्मचारी र माफिया किटान गरि कारवाहि सिफारिस गर्ने जिम्मेवारी समेत रहेको छ ।

समयाबधि थपबारकोे अन्यौलता: आयोगले समयावधि सकिने अन्तिम समय सम्ममा पनि आयोगको समय थप गर्ने या नगर्ने बारेको निर्णय हुन सकेको छैन । आयोगले समेत अनौपचारीक रुपमा मन्त्रालय मार्फत समयावधि थप्न प्रस्ताव गरेपनि मन्त्रालयले कुनै प्रकृया अगाडि नबढाएको बताईएको छ ।

भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले समेत म्याद थपबार कुनै जानकारी दिएको छैन । मन्त्रालय स्रोतले भने आयोगको कार्यसम्पादनलाई हेरेर समय थप गर्ने नगर्ने बारे निर्णय लिने तयारी भएको जनाएको छ । मन्त्रालयले स्रोतका अनुसार आयोगको हालसम्मको उपलब्धिको मुल्यांकनलाई आधार मानेर ६ महिनासम्मको समयावधि थप गर्ने तयारी भईरहेको छ । राजधानी दैनिकबाट