२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ पुगेर प्रचण्डले भने : अब कुनै कन्फ्युजन छैन, बाटो साफ छ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा एउटा अध्यक्षले सरकार र अर्कोले पार्टी बलियो बनाउने बताएका छन् । शनिबार बागलुङ पुगेका प्रचण्डले अब कुनै कन्फ्युजन नरहेको बताएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र आफूले पार्टीलाई बलियो बनाउने उनले बताए। ‘अब पार्टीमा कुनै कन्फ्युजन छैन,’ चुनाव प्रचारका लागि शनिबार बागलुङ पुगेका प्रचण्डले भने, ‘एउटाले सरकार, अर्कोले पार्टी बलियो बनाउने हो।’

उनले नेपालका भूमि भारतीय नक्सामा समावेश भएकोबारे विवाद समाधानका लागि सरकारले पहल थालिसकेको र ‘नेपालका भूमि समावेश गरेको नक्सा हामीलाई मान्य छैन। जुनसुकै पहल लिन तयार छौं भनेका थियौं। पहल सुरू भइसकेको छ,’ उनले भने।

अतिक्रमित भूमि फिर्ता र नक्सा पनि सच्याउनुपर्ने माग राखेर विभिन्न दलले सडकमा प्रदर्शन गर्दा अध्यक्ष प्रचण्डले पनि आफ्नो भूमिबारे देश एकतावद्ध भएको बताए। सरकारले सर्वदलिय बैठक गरिसकेको बताउँदै उनले भारतसँग सीमा विवादबारे सरकार र पार्टीले पहल थालेको बताएका हुन्।

प्रचण्डले बागलुङको प्रदेशसभामा मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाबाट पनि राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही साझा उम्मेदवार भएको बताए। २०७४ सालमा भएको निर्वाचनमा वामगठबन्धनबाट जनमोर्चाले नै यो क्षेत्र जितेको थियो।