११ असार २०८३, बिहीबार
,
Latest
रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिएको पुल छिटो बनाउन दबाब



अ+ अ-

रामपुर । प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकी नदीमा बन्दै गरेको मोटरेबल पुल निर्माण कार्य बीचमै रोकिएपछि दबाब दिन समिति बनेको छ । रामपुर नगरपालिका–१ तथा गण्डकी प्रदेशको घिरिङ गाउँपालिका–१ पुट्टार तनहुँलाई जोड्ने पक्की पुलको निर्माण कार्य गत असारदेखि रोकिएको छ ।

पुलको निर्माण कार्य शुरु गर्न पटक पटक दबाब दिए पनि निर्माण कम्पनीले यसप्रति गम्भीर नभएकाले बाध्य भएर दबाब दिनका लागि समिति गठन गरिएको जनाएको छ । बिहीबार पुट्टारमा बसेको रामपुर–पुट्टारघाट मोटरेबल पुल उपभोक्ता समितिको बैठकले पुल निर्माण दबाब समिति गठन गरेको हो । समितिमा दानस मल्ल, दानबहादुर शाही, शिवराज सिग्देल र नारायण मल्ल रहेका छन् ।

रामपुर–पुट्टारघाट मोटरेबल पुल उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले पटक पटक हिउँद लागिसकेकाले निर्माण छिटो थाल्न भने पनि बेवास्ता गरेकाले पाँच सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको जानकारी दिए । उनका अनुसार अबको तीन दिनभित्र काम थालनी नगरे सम्बन्धित निकायमा दबाबका लागि जाने निर्णय गरेको छ ।

गत मङ्सिरदेखि निर्माण थालेको पुलको २१५ मिटर लम्बाइ पाँचवटा पिल्लर सहितको नौ मिटर चौडा भएको पुल ३ वर्षभित्र सक्ने सम्झौता भए पनि नदीको एकापट्टि एउटा मात्रै पिल्लर उठाएर अलपत्र पारिएको उपभोक्ता समितिका सचिव दानस मल्लले बताए । उनका अनुसार काली नदीमा बर्सातको समयमा काम गर्न समस्या हुने कारण केही समयका लागि रोकिएको थियो तर हिउँद लाग्दासमेत शुरु नगरेपछि समयमै काम सम्पन्न नहुने चिन्ता स्थानीयवासीको छ ।

करिब रु २८ करोडको लागतमा ३ वर्षभित्र सो पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी जिम्मा पाएको युनाइटेड विल्डर्स कम्पनीले बर्सातको कारण देखाउँदै गत असारदेखि काम ठप्प पारेको हो । प्रदेश नं ५ का गाउँघरमा उत्पादित कृषि उपजलाई बजारसम्म पुर्याउन तथा गण्डकी प्रदेशसँग सिधा सम्पर्क बढाउन यस क्षेत्रमा पुल निर्माण गर्न लागिएको छ । कालीगण्डकी करिडोर नजीकैबाट बन्ने पुलले यस क्षेत्रका नागरिकलाई अन्य क्षेत्रसँग जोडिन सहज हुनेछ ।