११ असार २०८३, बिहीबार
,
Latest
रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयात प्रतिस्थापनका उद्योग विकास र प्रवद्र्धनका लागि प्रतिवद्ध छु : मन्त्री भट्ट



अ+ अ-

काठमाडौैं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पुर्याउने उद्योगको विकास र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित स्वागत कार्यक्रममा मन्त्री भट्टले पार्टीको घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिने बताउँदै मुलुकको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महत्वपुर्ण हुने बताउनुभयो ।

जनतासँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीय रुपमा उपलब्ध गराउनुपर्ने जोड दिँदै उहाँले जनअपेक्षालाई दृष्टिगत गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । राष्ट्रिय गौरबका रणनीतिक आयोजनालाई छिटो अगाडि बढाउने उहाँको भनाइ थियो ।

सोही मन्त्रालयका नवनियुक्त राज्यमन्त्री मोतिलाल दुगडले देशमा उद्योगको अवस्था खस्किदै गएको अहिलेको अवस्थामा उद्योगको विकास गरी आयात कम गरी व्यापार घाटा कम गर्नुपर्नेविचार व्यक्त गर्नुभयो ।