२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागका लागि निर्माणाधीन पोखरा रंगशालाको मैदानमा दुबो राख्ने काम सुरु



अ+ अ-

पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माणाधीन पोखरा रंगशालाको मैदानमा दुबो (घास) राख्ने काम सुरु भएको छ । सागका लागि द्रुतगतिमा निर्माण भईरहेको पोखरा रंगशालाको मैदानमा बिहिबार बिहानबाट दुबो राख्ने काम सुरु भएको हो । यस अघि राखिएको दुबो मरेपछि पुनः भारतको कोलकत्ताबाट दुबो ल्याएर राख्न थालिएको हो ।

रंगशालामा आवश्यक दुबो बुधबार साँझ मात्रै पोखरा आईपुगेको थियो । साग अन्तर्गतको महिला फुटबल पोखरा रंगशालामा हुनेछ । साग सुरु हुन अब ९ दिन मात्र बाँकि रहदा रंगशालाको निर्माण तीब्रताका साथ भईरहेको छ ।

रंगशालामा बुधबारबाट प्यारापिट जडानको काम समेत सुरु भएको थियो । रंगशाला बनाउने जिम्मा भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले ५ दिनभित्र प्यारापिट जडान भईसक्ने जनाएको छ ।