११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याराग्लाइडिङ परीक्षणमा मात्रै सीमित



अ+ अ-

बलेवा । गत वर्षको हिउँदमा बागलुङका झण्डै आधा दर्जन स्थानमा प्याराग्लाइडिङको परीक्षण गरियो । बागलुङ नगरपालिकाको बलेवा र गल्कोट नगरपालिकाका विभिन्न वडामा गरिएका परीक्षण सफल पनि भए । परीक्षण सफल भनेर आयोजकले दाबी मात्रै गरेनन् प्याराग्लाइडिङ हाँक्ने पाइलटले नै सम्भावना रहेको औँल्याए तर सफल भएका परीक्षण व्यावसायिकरूपमा परिणत नभएर सम्झनामा मात्रै सीमित छन् ।

गल्कोट महोत्सवमा प्रदर्शन पनि हुने र सम्भावनाको खोजी पनि हुने भएकाले गत वर्ष कात्तिक महिनामा गल्कोट नगरपालिका–५ सर्दाखेतबाट प्याराग्लाइडिङ उडाएर हरिचौरमा झारियो । प्यारापाइलट दुर्योधन खड्काले त्यहाँ प्याराग्लाइडिङको परीक्षण सफल भएको बताउनुभयो । व्यावसायिक हिसाबले सञ्चालनमा ल्याउने हो भने त्यहाँ प्याराग्लाइडिङका लागि आवश्यक हावाको गति, भौगोलिक र वातावरणीय अवस्था ठीक रहेको बताएका थिए तर व्यावसायिक शुरुआत होइन महोत्सव अवधिमा केही दिन सञ्चालन गर्ने भनिएको प्याराग्लाइडिङसमेत विविध कारण देखाएर सञ्चालनमा आएन ।

त्यसको केही समयपछि गल्कोट नगरपालिका–७ राम्चेढुङ्गाबाट परीक्षण गरियो । बाँसखोलामा अवतरण गरेर सफल भए पनि त्यो पनि परीक्षणकै भरमा बस्यो । व्यावसायिकरूपमा उडान थाल्ने भनेर परीक्षण गरिएको राम्चेढुङ्गामा पर्यटकीय पूर्वाधार निर्माणको काम नभएर रोकिएको समेत बताइएको छ । प्याराग्लाइडिङका लागि धावनमार्ग बनाउनुपर्ने भएकाले तत्काल व्यावसायिक उडान हुन नसकेको राम्चेढुङ्गा पर्यटन विकास समितिका सदस्य थम्मन थापा बताउनुहुन्छ । “वडा कार्यालयकै अगुवाइमा परीक्षण भएको हो, अहिले वडाले नै पूर्वाधार निर्माणमा ध्यान दिएको छ”, थापाले भन्नुभयोे, “खर्चिलो हुँदो रहेछ, धेरै पर्यटक आउने सम्भावना नभएसम्म व्यावसायिक उडान अलि कठिन देखिन्छ ।”

त्यसलगत्तै गल्कोट–२ नरेठाँटीमा पनि परीक्षण भयो । हटियामा अवतरण गरियो, त्यहाँ पनि परीक्षण सफल भयो । अहिलेसम्म व्यावसायिक उडानको विषयमा कसैले सोचेको छैन । गत वर्षकै फागुन महिनामा प्रथम बलेवा महोत्सवमा प्याराग्लाइडिङबाटै पुष्पवृष्टि गरियो । बागलुङ नगरपालिका–१३ पैंयुपाटाबाट उडेको प्याराग्लाइडले बागलुङ नगरपालिका–१४ नारायणस्थानमा अवतरण ग¥यो ।

गल्कोटमा भएका परीक्षणमा पाइलट दुर्योधन खड्का र निरञ्जन कुँवर सहभागी हुनुहुन्थ्यो । बलेवामा भएको परीक्षणमा लेकभ्याली कम्पनी पोखराका छ जना पाइलट सहभागी थिए । परीक्षण भएका सबै स्थानमा पाइलटले प्याराग्लाइडिङ गर्न सकिने बताएका थिए । पूर्वाधार निर्माणमा ढिलाइ र प्याराग्लाइडिङ गर्ने पर्यटकको अभावले व्यावसायिक उडान हुन सकेको छैन ।

बलेवा विमानस्थलमा अवतरण गर्ने जहाजको हवाइमार्ग र ल्याण्डिङ गर्ने स्थानको अभावमा व्यावसायिक हिसाबले शुरुआत गर्न नसकिएको महोत्सव आयोजक समितिका संयोजक भरत पौडेल बताउनुहुन्छ । “उड्ने ठाउँसम्म बाटो पुगेको छैन, झर्ने ठाउँमा खेतीपाती र हवाइजहाजको बाटो प¥यो”, पौडेलले भन्नुभयो, “सम्भावना भएर पनि पूर्वाधारकै कारण यहाँ कुनै कम्पनीले चासो देखाएनन् ।” पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि त्यहाँ सञ्चालनमा रहेको प्याराग्लाइडिङ अन्यत्र सार्ने भएकाले केही कम्पनी बागलुङ आउन सक्ने सम्भावना यहाँका व्यवसायीले देखेका थिए ।

“हामीसँग ठाउँ छ तर उपयोग गर्ने गरी कम्पनीलाई दिने वातावरण बनिसकेको छैन”, पौडेल भन्नुहुन्छ, “अत्यावश्यक पूर्वाधारजस्तै बाटो, पानी, बासलगायतका कुरामा हामीले विकास गर्नुपर्ने छ ।” गत वर्षका कयौँ उदाहरण हुँदाहुँदै यस वर्ष पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा व्यावसायिकरूपले उडान गर्ने गरी बागलुङ उद्योग वाणिज्य सङ्घले तयारी थालेको छ ।

बागलुङ नगरपालिका–६ पञ्चकोटबाट उडान गरेर बागलुङ बजारमा अवतरण गर्ने गरी परीक्षण सफल भएर बाँकी प्रक्रिया अघि बढेको छ । “हामीले महोत्सवमा प्याराग्लाइडिङ उडाउनका लागि अध्ययन गरिरहेका छौँ”, सङ्घका महासचिव नरेश कँडेलले भन्नुभयो, “महोत्सवमा मात्रै होइन अब यहाँ व्यावसायिकरूपले नै प्यारा उड्छन् ।” बागलुङमा पनि अवतरणको समस्या छ । उपयुक्त सार्वजनिक जमिन नभएको र निजी जमिन लिँदा महँगो पर्ने भएकाले समस्या रहेको कँडेलले बताउनुभयो । “पोखराका दुई कम्पनीले इच्छा देखाएका छन्, हाम्रो साथीहरु शाखा लिएर भए पनि चलाउने सुरमा हुनुहुन्छ”, कँडेलले भन्नुभयो, “नगरपालिकाले सार्वजनिक जग्गा उपलब्ध गर्यो भने हामी व्यावसायिक बनाउँछौँ ।” नगरसँग जग्गा माग्ने र निजी जग्गा भाडामा लिने वा किन्ने भन्ने विषयमा अध्ययन भइरहेको उहाँले बताउनुभयो ।