११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठेकेदारविरूद्ध चरिकोटमा मानव साङ्लो



अ+ अ-

दोलखा । सडक निर्माणमा ठेकेदारले ढिलाइ गरेको भन्दै दोलखाको चरिकोटमा स्थानीय वासिन्दाले मानव साङ्लो बनाएर विरोध गरेका छन्। गत असारमै कालोपत्रे गरिसक्नुपर्ने सडक अहिलेसम्म निर्माणमा ढिलाई गरेको भन्दै विरोध जनाएका हुन् ।

सिन्धुपाल्चोक खाडीचौर– मुडे २५ किमी र मुडे–चरिकोट ३० किमी बेग्लाबेग्लै ठेक्का निकालेर सडक निर्माणको जिम्मेवारी दिए पनि सडक निर्माण अलपत्र परेपछि गत शनिबार सडक अलपत्र पार्ने ठेकेदार दीपक सापकोटाको फोटो बस, चोक र पोलमा टाँसेर विरोध गरेका उनीहरूले मंगलबार भने मानव साङ्लो बनाएका हुन्।

मंगलबार बिहान चरिकोटस्थित सातदोबाटोमा सडक निर्माण काम सुरू गर्न माग गर्दै मानव साङ्लो बनाइएको हो। उनीहरूले शंकरमाली निर्माण सेवाका प्रमुख सापकोटाविरूद्ध कारबाही गर्न पनि माग गरेका थिए।