२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १ र ११ मा आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू हुँदै



अ+ अ-

काठमाडौं । सरकारले आगामी शैक्षिक सत्रमा कक्षा १ र ११ बाट नयाँ पाठ्यक्रम सुरु गर्ने भएको छ । पाठ्यक्रम विकास केन्द्रले १५ विषयको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट पारित गरिसकेको छ भने ४० विषयको पाठ्यक्रम तयार गरी पारित गर्न परिषद्मा लैजाँदै छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले आगामी वैशाखबाट कक्षा १ र साउनदेखि कक्षा ११ को पाठ्यक्रम सुरु गर्ने जानकारी दिए ।

उनले विद्यार्थी संख्या धेरै हुने १५ विषयको पाठ्यक्रम पारित भइसकेको, ४० विषयमा पाठ्यक्रम निर्माण गरी परिषद्बाट पारित गर्ने तयारी भएको बताए । अघिल्लो वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू गर्ने भनिए पनि तयारी कम र निजी विद्यालय सञ्चालकहरूले गुनासो गरेका कारण लागू हुन सकेको थिएन । अघिल्लो वर्ष सात विषय पढाउनुपर्ने व्यवस्था भए पनि त्यसलाई परिवर्तन गरी ६ विषय पढाए पुग्ने व्यवस्था गरिएको थियो ।

केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूपमा केही परिवर्तन गरेर ०७७ देखि नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको हो । यसअघि सातवटा विषय पढाउनुपर्ने व्यवस्था गरेकामा नयाँ व्यवस्थाअनुसार केन्द्रले ६ विषय पढाउनैपर्ने र क्रेडिट आवर कम भएका विषय पढ्नेले थप एक विषय पढ्न सक्ने व्यवस्था गरेको छ । केन्द्रले राष्ट्रिय पाठ्यक्रमको प्रारूप परिवर्तन गरी नयाँ व्यवस्था गरेको हो । निर्देशक पौडेलले आगामी शैक्षिक सत्रमा कक्षा १ र ११ बाट सुरु भएपछि कक्षा १ माथि माथिल्लो कक्षा र ११ बाट १२ तथा तल्ला कक्षामा नयाँ पाठ्यक्रम लागू गर्दै जाने बताए ।

०७८ मा कक्षा ६ बाट पनि नयाँ पाठ्यक्रम लागू गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ । ‘०७७ मा कक्षा ६ को पाठ्यक्रम परीक्षण गर्नेछौँ,’ पौडेलले भने । यस वर्ष पाठ्यक्रम विकास केन्द्रले १८ जिल्लाका एक सय तीन विद्यालयमा कक्षा १ को पाठ्यक्रमको परीक्षण गरिरहेको छ । केन्द्रका कार्यकारी निर्देशक पौडेलका अनुसार कक्षा ११ मा विषयका केही च्याप्टर परीक्षण हुने बताए ।

कक्षा १ देखि १२ सम्म विद्यालय शिक्षा भए पनि क्रेडिट आवर भने फरक छ । कक्षा ४ देखि १० सम्म एउटा विषयमा ३२ क्रेडिट आवर राखिएको छ । त्यसैगरी, कक्षा ११ र १२ मा भने क्रेडिट आवर विषयअनुसार फरक छ । कक्षा ११ मा विषयअनुसार २७ देखि ३२ क्रेडिट आवर कायम गरिएको छ ।

यस्तो छ कक्षा ११ र १२ को व्यवस्था:विद्यालय शिक्षामा साधारण, टेक्निकल र परम्परागत धार छुट्याइएको छ । कक्षा ११ र १२ मा संकायका रूपमा विषय नछुट्याए पनि उच्च शिक्षा कुन संकायमा लिने भन्ने आधारमा विषय छनोट गर्न सक्ने व्यवस्था छ । साधारण र टेक्निकल धारमा पनि ऐच्छिक विषय हुनेछन् ।

कक्षा ११ र १२ मा तीन–तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषय छनोट गर्न सकिनेछ । कक्षा ११ मा अंग्रेजी, नेपाली र सामाजिक विषयलाई अनिवार्य गरिएको छ । त्यसैगरी, कक्षा १२ मा नेपाली, अंग्रेजी र जीवनोपयोगी शिक्षालाई अनिवार्य गरिएको छ । तीनवटा ऐच्छिक विषय लिनुपर्ने र एउटा थप लिन सक्ने गरी व्यवस्था छ । कक्षा ११ र १२ मा एक सयभन्दा बढी विषय हुनेछन् ।

नयाँ र पुरानो संरचनामा फरक:अकक्षा १ र ११ मा आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू हुँदैहिलेको र नयाँ पाठ्यक्रममा फोकस फरक हुन्छ । कक्षा १२ विद्यालय तहको अन्तिम कक्षा हो । त्यो पार गर्दासम्म केही सिके पनि आफ्नो जीवनयापन र रोजगारीका लागि केही न केही सीप पाउने व्यवस्था अबको पाठ्यक्रममा हुने निर्देशक पौडेलले बताए । नयाँ पाठ्यक्रममा प्राविधिक धार पनि छ । प्राविधिक धार भएपछि मध्यमस्तरको जनशक्ति उत्पादन हुने पौडेलले बताए । राजधानी दैनिकबाट