२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् आंशिक फेरबदल हुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्रीहरूलाई मात्रै हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । नेकपा सचिवालयको आइतबारको बैठकमा केही मन्त्रीहरू मात्रै हेरफेर गरी पुनर्गठन गर्ने विषयमा सहमति जुटेको सचिवालयका एक सदस्यले जानकारी दिए । ‘यसअघि सबैलाई हटाएर नयाँ अनुहार ल्याउने कि भन्ने पनि थियो तर आज (आइतबार) कार्यसम्पादनका आधारमा केहीलाई हटाउने र अन्यलाई निरन्तरता दिने भन्नेमा मोटामोटी समझदारी बनेको छ,’ ती सदस्यले भने, ‘अरू त प्रधानमन्त्रीको अधिकार हो, हेरौं के गर्नुहुन्छ ।’

उनले मन्त्रीहरूको काम हेरेर राख्ने या बिदाइ गर्ने निर्णय गर्न प्रधानमन्त्रीलाई लगभग सबै सदस्यले सुझाव दिएको बताए । ‘भ्रष्टाचार गर्ने, राम्रो कार्यसम्पादन नगर्ने, आफ्नो मात्रै स्वार्थ हेर्नेहरूलाई बिदाइ गर्नुपर्यो, राम्रा, काबिल र गतिशील साथीहरूलाई मन्त्रिपरिषद्मा समावेश गर्नुपर्यो,’ उनले बैठकमा प्रधानमन्त्रीलाई दिइएको सुझाव उल्लेख गर्दै भने । मन्त्रिपरिषद् हेरफेरबारे अनावश्यक हल्ला नगर्न पनि सदस्यहरूले दुई अध्यक्षलाई सुझाव दिएका छन् ।

मन्त्रिपरिषद् गठन गर्ने हो भने पनि ‘हल्ला नगरी टुंगो लगाउनुस्, यो सुटुक्क गर्ने कुरा हो’ भनेर आफूहरूले प्रधानमन्त्रीलाई सुझाव दिएको ती नेताले बताए । प्रधानमन्त्रीले आफूहरूको कुरा सुनेको र सुझाव मनन गर्ने जवाफ दिएको नेकपा स्रोतको भनाइ छ । ‘उहाँले मन्त्रीहरूको कामकै आधारमा निर्णय गर्ने जानकारी हामीलाई दिनुभएको छ तर हेरफेर गर्ने मिति भने तोक्नुभएन,’ ती नेताले भने । सचिवालय बैठक बोलाउनुअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए ।

दुई अध्यक्षबीच सोमबार पनि मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुरा हुनेछ । दुई अध्यक्षबीच सोमबार हुने छलफलले मन्त्रिपरिषद् सोमबारै वा अलिक दिनपछि पुनर्गठन गर्ने भन्ने निश्चित हुनेछ । दुई अध्यक्षबीच हटाउने र नयाँ ल्याउने व्यक्तिका बीचमा छलफल हुनेछ । फेरि उठ्यो पोलिटब्युरो गठनको कुराबैठकमा वरिष्ठ नेता माधव नेपालले पार्टीको पोलिटब्युरो गठन गर्नुपर्ने बताएका थिए ।

उनले विधानमै भएको पोलिटब्युरो गठन गरेर पार्टी संगठनलाई चुस्त–दुरुस्त बनाउन आग्रह गरेको सचिवालय स्रोतले जनायो । ‘माधव कमरेड अघिल्ला केही बैठकहरूमा भन्दा यसपालि खुलेर बोल्नुभयो,’ स्रोतले भन्यो, ‘उहाँले पार्टी संगठन सुदृढ बनाउने विषयमा आफ्नाधारणा राख्नुभएको थियो ।’ नेपालको प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । ओलीले सचिवालयको आउँदो बैठकमा पोलिटब्युरो गठनका विषयमा छलफल गर्ने आश्वासन नेता नेपाललाई दिएका छन् ।

बैठकमा नेता नेपालले विभागहरूलाई पूर्णता दिनुपर्ने र पार्टी संगठनका आगामी निर्णय मापदण्डका आधारमा नै हुनुपर्ने बताएका थिए । नेकपाको विधानमा केन्द्रीय समितिको एकतिहाइ नघट्ने गरी पोलिटब्युरो गठन गर्नुपर्ने प्रावधान छ । नेपालले त्यही प्रावधानअनुसार गठन गर्न निरन्तर माग राखिरहे पनि उनको कुरा सुनुवाइ भएको छैन । उनले गत पुसमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पनि पोलिटब्युरो गठन गर्नुपर्ने बताएका थिए ।

प्रवास समन्वय कमिटी गठन: बैठकले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लगाएको छ । कमिटीको इन्चार्जमा विन्दा पाण्डे, सहइन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईं, सचिव श्रीप्रसाद साह र सदस्यमा तिल विक चयन भएका छन् ।

उक्त कमिटीले प्रवासी नेपालीबीचमा सम्बन्ध र समन्वयका लागि काम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘कमिटीले नेकपामा आस्था राख्ने प्रवासका नेपालीहरूबीच एकता र मेलमिलापको भाव कायम राख्न आवश्यक गर्दा भूमिका खेल्नेछ,’ प्रवक्ता श्रेष्ठले भने । नेकपाले यसअघि नै प्रवासमा पार्टी कमिटी गठन नगर्ने निर्णय गरेको थियो । कान्तिपुर दैनिकबाट