२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालापानीबारे प्रधानमन्त्रीको पहिलो बोली: एक इन्च पनि नेपाली भूमि मिच्न दिँदैनौँ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालले एक इन्च भूमि पनि मिचिन नदिने बताएका छन् । नेपालको कालापानी क्षेत्रसमेत समेटेर भारतले हालै सार्वजनिक गरेको नयाँ नक्साबारे विरोध भइरहेका वेला पहिलोपटक उनले यसबारे सार्वजनिक प्रतिक्रिया दिएका हुन् । राष्ट्रिय युवा संघ नेपालले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कूटनीतिक पहलबाट भारतसँगको सीमा समस्या सुल्झाउने बताए ।

उनले नेपाल–भारत सीमा विवाद नयाँ नभएको पनि जिकिर गरे । ‘भारतले नक्सा सच्याएर मात्र हुँदैन । मिचिएको नेपाली भूमि फिर्ता गर्नुपर्छ । यसका लागि हामी कूटनीतिक पहलका लागि सधैँ तयार छौँ,’ प्रधानमन्त्री ओलीले भने । नाकाबन्दीको समयमा भारतसँग आफू नझुकेको स्मरण गर्दै उनले भने, ‘हामी हाम्रो छिमकीसँग संवादबाट समस्या समाधान गर्न तयार छौँ । इतिहासले देखाइसकेको छ, यो सरकार राष्ट्रवादी छ ।’

भारतीय अतिक्रमणविरुद्ध देश एक ढिक्का हुनु सकारात्मक भएको उनले बताए । ‘भारतले सीमा क्षेत्रमा अहिले ल्याएर सैनिक फौज राखेको भन्ने कुरा हल्ला मात्रै हो, सीमा अतिक्रमणको विरुद्धमा अहिले सबै दल र संघसंस्थाबाट देखिएको सक्रियता राष्ट्रियता रक्षाका लागि एकदमै सकारात्मक छ,’ उनले भने ।

सरकारले आफ्नो भूमिको रक्षा गर्छ: प्रधानमन्त्री यो सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिन दिँदैन । आफ्नो भूमि अरू कसैलाई दिँदैनौँ, अरूको पनि अतिक्रमण गर्दैनौँ । हाम्रो भूमिबाट छिमेकी मुलुकले आफ्ना सेना फिर्ता लैजाओस् । यो हामीले आग्रहपूर्वक भनेका छौँ । शान्ति स्थापनाका लागि विश्वमा हामीले शान्ति सेना पठाइरहेका छौँ । यसमा हामीले बहादुरी कमाएका छौँ ।

हामी शान्तिको पक्षमा छौँ । छिमेकीसँग किञ्चित तनाव नहोस् भन्ने पक्षमा हामी छौँ । संवादको माध्यमबाट समस्या समाधान गर्न चाहन्छौँ । हाम्रो विश्वास छ, संवादकै माध्यमबाट समस्याको हल हुन्छ । अहिलेको सरकार संवाद गर्न नसक्ने होइन, त्यो इतिहासले देखाइसकेको छ । राष्ट्रिय हितको पक्षमा अड्न र लड्न सक्ने सरकार हो यो ।

हाम्रो भूमिबाट विदेशी फौज फिर्ता हुन्छ । सरकारले आफ्नो भूमिको रक्षा गर्छ । भारतले नक्सा सच्याउनुपर्छ भनेर कतिपयले भन्दै छन् । नक्सा सच्याउनु ठूलो विषय होइन, भूमि फिर्ता गर्नु महत्वपूर्ण हो । नेपालीहरू आफ्नो भूमि फिर्ता गर्न सक्षम छन्, सक्छन् । नयाँ पत्रिका दैनिकबाट