२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग ७ विकेटले पराजित नेपाल



अ+ अ-

काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपाल पराजित भएको छ । नेपाल भारतसँग ७ विकेटले पराजित भएको हो ।

बंगलादेशको राजधानी ढाकामा नेपालले दिएको १९४ रनको लक्ष्य भारतका सन्भिर सिंह र अरमान जाफरले अर्धशतक पुरा गर्दै ४२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

नेपालका ललितनारायण राजवंशी, कारण केसी र सुशन भारीले १/१ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनायो । नेपालका लागि शर्राफले सवार्धिक ५६ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल दास्रो बलमा खाता नै नखोली आउट भए । तर शरद भेषावकर र कुशल भुर्तेलले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले दोस्रो विवकेका लागि ५४ रनको साझेदारी गरे ।

कुशल २८ रनमा आउट भए । शरद भेषवाकरले ४४ रन, डेब्यू खेलाडी कुशल भुर्तेलले २८ रन, दीपेन्द्रसिंह ऐरी २४ रन र करण केसीले २० रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
भारतका शौरभ दुवेले ४ र एस राठौरले ३ विकेट लिए ।