८ असार २०८३, सोमबार
,
Latest
रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीले गठबन्धन टुट्दैन: प्रचण्ड (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्छ भन्ने आफूलाई नलागेको बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उहाँले एमसीसीकै कारण गठबन्धनलाई टुट्न वा फुट्न नदिने स्पष्ट गर्नुभयो । 

बुद्धिजीवि, पत्रकार, नागरिकहरुको पनि राय लिएर राष्ट्रियरुपमा पनि एउटा समझदारी बनाएर मात्रै यसलाई अगाडि बढाउन सकिन्छ तर जबरजस्ती गरियो भने यसले अफ्ठ्यारो स्थिति बन्छ भनेर नै प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलको बैठक बोलाउनुभएको भन्दै उहाँले भन्नुभयो, “गठबन्धन दलको बैठकमा एमसीसीबारे छलफल भयो, त्यहाँ एउटा कार्यदल बनाइएको छ, त्यसले अध्ययन गर्दैछ हिजोमात्र कार्यदलको एउटा बैठक बस्यो, फेरि १७ गते बस्दैछ त्यसैले एमसीसीले अलिकति समय लियो भने पनि यसमा सुधारको गुञ्जायस छ ।”