२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाभित्र अथाह मात्रामा प्राकृतिक ग्याँसको भण्डार, अन्वेषणमा जुट्दै सरकार



अ+ अ-

काठमाडौं । खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ । विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने तयारी गरेको हो । अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेकोे छ । एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्याँस रहेको छ । विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार अन्वेषणका लागि टेन्डर प्रक्रियामा जाने अन्तिम तयारी भइरहेको छ ।

अन्वेषणका क्रममा जमिनको सतहमुनि रहेको पानीमा ग्याँसको अनुपात कति छ भन्ने पत्ता लगाइनेछ । विभागले यसअघि पनि मिथेन ग्याँस अन्वेषण गरिसकेको छ । अहिले अन्वेषण गर्न लागेको पुरानै क्षेत्रभित्र भए पनि स्थान भने फरक हुनेछ । यसअघि विभागले काठमाडौं उपत्यकाको १४ ठाउँमा अध्ययन गरिसकेको छ । अब गर्न लागेको अन्वेषण १५औं हो । विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख श्रेष्ठले चालू आर्थिक वर्ष २०७६/७७ भित्र अन्वेषण कार्यक्रम सकाउने लक्ष्यका साथ कामको तयारी भइरहेको बताए ।

विभागको अभिलेखअनुसार सन् १९७८ मा नै काठमाडौं उपत्यकामा मिथेन ग्याँस रहेको पत्ता लागेको थियो । सो अध्ययन अनुसन्धान जापानी सहयोग निकाय (जाइका)को सहयोगमा विभागले गरेको थियो । विभागको अभिलेखअनुसार जापानी विशेषज्ञ टोलीले बालकुमारी, शंखमूलसहित भक्तपुरको बालकोट, काठमाडौंको कोटेश्वर, तीनकुने, टेकु हस्पिटल, कुलेश्वर, विष्णुमती किनार, भृकुटीमण्डप लगायत उपत्यकाका विभिन्न १४ स्थानमा सतहमुनिको भौगोलिक अवस्थाको अध्ययन गरेको थियो ।

सो अध्ययन प्रतिवेदनमा मिथेन ग्याँस उत्पादन गर्न सकिने भन्दै उत्खननको सिफारिससमेत गरिएको थियो । सो अध्ययन प्रतिवेदनमा उपत्यकामा विभिन्न १४ स्थान ग्याँस छ भन्ने तथ्य सर्वजनिक गरेको भए पनि नेपाल सरकारले उत्खनन गरेर प्रयोगमा भने ल्याउन सकेन । श्रेष्ठले नेपाल सरकारसँग स्रोत साधन नहुँदा उपत्यकामा भएको मिथेन ग्याँस उत्खनन गर्न नसकेको बताए । जमिनको सतहमुनि रहेको मिथेन ग्याँस उत्खनन गर्न ठूलो लगानी, आधुनिक प्रविधिको आवश्यक पर्छ ।

श्रेष्ठका अनुसार यसअघि जाइकाले गरेको प्राकृतिक ग्याँस अन्वेषण क्षेत्रमा फेरि अन्वेषण गरिदिन सरकारले आग्रह गरेको हो । अन्वेषणको सहयोगका लागि अर्थ मन्त्रालयमार्फत १४ चैत २०७५ मा विभागीय निर्णयअनुसार पत्र पठाइएको थियो । विभागले जाइकाको सहयोगमा तीनवटा बल्क गरी पहिले नै अध्ययन गरिसकेको थियो । सोबेला त्रिपुरेश्वर, कोटेश्वर र मनहरा बल्कमा गरेको थियो । २०३७ सालदेखि २०४५ सम्मका त्रिपुरेश्वर क्षेत्रका सात ठाउँमा गरेको अध्ययनले ४ किलोमिटर क्षेत्रफलमा ८५ मिटर मोटाइमा ३५ प्रतिशत ग्याँस पाएको थियो ।

त्रिपुरेश्वरमा ३ सय ५ मिटर गहिराइमा ८३.२५ मिटर ग्याँस भेटिएको थियो । त्यसलगतै २०३९/४० मा टेकु हस्पिटलनजिकै ३ सय १ मिटर ग्रिलिङ गर्दा ८४.४ मिटर ग्याँसको तह पाइएको थियो । सोही वर्ष कुलेश्वरमा ३ सय २ मिटरको गहिराइमा १०२.३८ मिटर ग्याँसको तह पाएको थियो । २०४२/४३ सालमा गरेको अध्ययनमा ह्युमत ३ सय मिटरभित्र ७४.३४ मिटर ग्याँस भेटिएको थियो । सो वर्षमा ह्युमतकै अर्को ठाउँमा ४ सय ५४.४ मिटर खन्दा १३४ मिटर ग्याँसको तह भेटिएको थियो । यसैगरी, २०४४/४५ मा भृकुटीमण्डपमा ५ सय ७०.१३ मिटरमा २१८.३३ मिटर मोटाइ ग्याँस भेटिएको थियो ।

यसैगरी २०४४/४५ मै टेकुको मसानमा ३ सय ५८.८ मिटर ग्रिलिङ गर्दा ११३.५१ मिटरमा ग्याँस भेटिएको थियो । दोस्रो चरणअन्तर्गत कोटेश्वर तीनकुने खण्डमा २०४५ सालदेखि २०४९ सालसम्म चार ठाउँमा अन्वेषण गर्दा १४ किलोमिटर वरपर ग्याँस हुन सक्ने अनुमान गरिएको थियो । सो क्षेत्रमा लगभग १४ सय मिटरमा १ सय १९ मिटर मोटाइमा ग्याँस पाइएको थियो । सो अध्ययनको क्रममा २०४५/४७ सालमा शंखमूलमा ४ सय ५५ मिटर गहिराइमा १७२ मिटर ग्याँस भेटिएको थियो । २०४७/४८ मा गरेको अन्वेषणमा कोटेश्वरमा ३ सय मिटर ग्रिलिङ गर्दा १ यस १६ मिटरको ग्याँस पाइएको थियो ।

यसैगरी, सो वर्ष २०४८/४९ मा जडीबुटीमा गरेको अन्वेषणमा ३ सय मिटर खन्दा ८९.२३ मिटर ग्याँस फेला परेको थियो । यसैगरी, तेस्रो चरणमा विभागले मनहरा–इमाडोल क्षेत्रको ८ किलोमिटर वरपर ग्याँस अन्वेषण गरेको थियो । जसअन्तर्गत टीकाथली ललितपुरमा २०४९/५० सालमा गरेको मिथेन ग्याँसको अन्वेषणबाट ९५ मिटर ग्याँस भेटिएको अध्ययन प्रतिवेदन उल्लेख छ । यति ग्याँस ३ सय मिटरभित्र नै पाइएको थियो । यसैगरी, सोही वर्ष बालकुमारीमा ३ सय मिटरभित्र ८९.८ मिटर ग्याँस भेटिएको थियो ।

यसैगरी, इमाडोलमा ३ सय मिटरमा ७० मिटर ग्याँस भेटिएको थियो । सरकारले २०४० सालमा टेकुमा मिथेन ग्याँस प्लान्ट बनाई प्रयोगमा ल्याएको थियो । २०७२ सालमा भारतले नेपालमा अघोषित नाकाबन्दी गर्दा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले इमाडोलमा पानीबाट छुट्याएर राखिएको ग्याँसप्लान्टमा जोडिएको चुलोमा आगो बालेर परीक्षण गरेका थिए । राजधानी दैनिक