८ असार २०८३, सोमबार
,
Latest
रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



अ+ अ-

काठमाडौंः चार वटा कम्पनीको लाभांश र एक कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

ज्योति विकास बैंक, एनएमबी लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सले पुस ९ गते बुक क्लोज गर्दैछन् । बुटवल पावर कम्पनीले पुस ११ गते बुक क्लोज गर्दैछ।

त्यसैगरी, समृद्धि फाइनान्सले पनि हकप्रद शेयर निष्काशन प्रयोजनार्थ पुस ११ गते बुक क्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी चार कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् भने समृद्धि फाइनान्सको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

ज्योति विकास बैंकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २३ गते, शुक्रबार चौधौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले अधिकृत पूँजी ५ अर्बबाट वृद्धि गरी ८ अर्ब पुर्याउने, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

एनएमबि लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको २१.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरे अनुसार सो प्रस्ताव पारित गर्न पुस २६ गते, सोमबार नवौँ वार्षिक साधारण सभा बोलाएको छ।

सूर्या लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले विद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०ः४० को संरचनालाई परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने, संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

बुटवल पावर कम्पनीले पुस २६ गते सोमबार साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

समृद्धि फाइनान्सले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न पुस ११ गते बुक क्लोज गर्न लागेकोछ । फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँका दरले २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।