२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की २ मा कांग्रेसबाट पौडेललाई उठाउने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की प्रतिनिधिसभा क्षेत्र २ मा स्थानीय नेता खेमराज पौडेललाई उठाउने तयारी गरेको छ। चर्चामा रहेका केन्द्रीय सदस्य धनराज गुरूङ पछि हटेपछि पौडेललाई उठाउने तयारीमा कांग्रेस पुगेको हो।

सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठक स्थलबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बाहिरिदा उम्मेदवार छान्न ढिलाइ भएपछि सभापति देउवालाई नै जिम्मेवारी दिएको छ।

देउवाले नै धनराज बाहिरिएपछि खेमराजलाई उम्मेदवार बनाउने बैठकमा प्रस्ताव राखेका थिए। ‘खेमराज पौडेललाई उम्मेदवार बनाउने कुरा भएको छ। निर्णय भइसकेको छैन,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

टिकट दौडमा देवराज चालिसे र कृष्ण कार्कीको नाम पनि चर्चामा थियो।