८ असार २०८३, सोमबार
,
Latest
रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमको एमडी बन्न नौ जनाको आवेदन



अ+ अ-

काठमाडौंः नेपाल सरकार मातहत रहेको नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदका लागि नौ जनाले आवेदन दिएका छन्।

टेलिकमकै पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्यले पनि दरखास्त बुझाउनु भएको छ । टेलिकमकी व्यवसायिक अधिकृत संगिता पहाडी समेत खानेपानी संस्थानका पूर्वमहानिर्देशक एवम् इन्जिनियर अर्जुनबाबु ढकाल, सुनिल पौडेल, टेलिकमको पूर्व कर्मचारी प्रदीपराज उपाध्याय र सुरजसिंह थापाले आवेदन दिनु भएको छ ।

टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका पूर्वनिर्देशक अमलेन्दु नारायण सिंह, नगेन्द्रकुमार दास र त्रिभुवन विश्वविद्यालय आइटी विभागका एक प्राध्यापक पनि प्रतिस्पर्धामा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

हाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति तथा सेवा सुविधा संशोधित निर्देशिका रोक्न सर्वोच्चको आदेशपछि प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया भने रोकिएको छ।