२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र युएई भिड्दै



अ+ अ-

काठमाडौं । एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप छनोटको पहिलो खेलमा आज नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्दैछ ।

इरानको तेहारानस्थित पिएएस स्टेडियममा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ युएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ बजे शुरु हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा किर्गिस्तान, युएई र इरान रहेका छन् । नेपालले दोस्रो खेल इरानसँग २२ गते र तेस्रो खेल २४ गते कीर्गिस्तानसँग खेल्नेछ ।

नेपाली टोलीको गोलकिपरमा विशाल सुनार, रोहित कार्की र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नवीन गुरुङ, रोशन डोङ, विकास खवास, योगेश गुरुङ र निराजन महर्जन छन् ।

त्यसैगरी मिडफिल्डरमा दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन र दिनेश हेम्जन तथा फर्वाडमा मनिष डाँगी, राजीव लोप्चन, रेजिन सुब्बा र दीपेश आले मगर छन् ।