२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाका निकालिएपछि औबामियाङ आर्सनलको कप्तानीमा



अ+ अ-

कप्तान ग्रानिट जाकालाई इन्ग्लिश क्लब आर्सनलले कप्तानबाट हटाएको छ । पछिल्लो समय निकै आलोचित बनेपछि जाकालाई आर्सनलले कप्तानबाट हटाएको हो । जाकालाई मुख्य प्रशिक्षक युनाई इम्रीले कप्तानी पदबाट मुक्त गरिएको जनाएका छन् ।

आफुले जाकासँग भेट गरेर कप्तानमा नरहेको र जाकाले सो निर्णयलाई स्वीकार गरेको इम्रीले बताएका छन् । इम्रीले आर्सनलको कप्तानी पिएरे एम्रिक औबामियाङलाई दिएका छन् । प्रिमियर लिग अन्तर्गत आइतबार क्रिष्टल प्यालेसविरुद्धको खेलमा समर्थकविरुद्ध खराब व्यवहार देखाएका कारण जाका आलोचित बनेका थिए ।

उक्त खेलमा आर्सनल २–२ गोलको बराबरीमा रोकिएको थियो । चौतर्फी आलोचना भएपछि मिडफिल्डर जाकाले माफी मागिसकेका छन् ।