२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्याण्ड दोस्रो टी-ट्वान्टीमा विजयी



अ+ अ-

घरेलु टिम न्युजिल्याण्डले इंग्ल्याण्डविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ । विलिङटनमा आइतबार भएको खेलमा इंग्ल्याण्डलाई २१ रनले न्युजिल्याण्डले पराजित गरेको छ । जितसँगै न्युजिल्याण्डले पाँच खेलको सिरिजमा १/१ को बराबरी गरेको छ । यसअघि पहिलो खेलमा इंग्ल्याण्डले ७ विकेटको जित निकालेको थियो ।

न्युजिल्याण्डले दिएको १७७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १९ ओभर ५ बलमा अलआउट हुँदै १५५ रनमा समेटियो । मोर्गनले इंग्ल्याण्डका लागि ३९ रन जोडे । यस्तै क्रिस जोर्डनले र कप्तान इयान मोर्गनले ३६/३२ रन बनाएका थिए । न्युजिल्याण्डका मिचेल स्टाननरले ३ विकेट लिए । यस्तै टिम साउथे, लक्की फर्गुसन र इश सोधीले २र२ विकेट लिएका हुन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो । न्युजिल्याण्डका लागि जेम्स निशमले ४२ तथा मार्टिन गुप्टिलले ४१ रन बनाएका थिए । यस्तै रोस टेलर र कोलिन डी ग्राण्डहोमेले समान २८/२८ रन जोडे । इंग्ल्याण्डका क्रिस जोर्डनले ३ विकेट लिए । साम करनले २ विकेट लिए ।